काठमााडौं – नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी) देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी ) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सात जनाले राजीनामा दिने गरेको पाइएको हो । पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ । कतिपयले भने विदेश जानेकै लागि राजीनामा दिने गरेका छन् ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७४\७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) , २ प्रहरी नायब उपरीक्षक (डीएसपी), ८ प्रहरी निरीक्षक ९इन्स्पेक्टर०, १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन् ।
आर्थिक वर्ष २०७५ ७६ मा ३ प्रहरी उपरीक्षक ९एसपी०, ६ डीएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन् ।
यसैगरी, चालू आवको ९ पुससम्म १ हजार २ सय ९ जनाले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा २ डीएसपी, ६ इन्स्पेक्टर, ८१ सई, १८९ असई, ७४२ हवलदार, १६० जवान र २९ जना प्रकास छन् ।
प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै असन्तुष्ट डीआईजी रमेश खरेलले राजीनामा दिएका थिए । खरेलले महानिरीक्षकमा इच्छा देखाउँदै आए पनि खनाल महानिरीक्षकमा नियुक्त भएपछि योग्यताको कदर नभएको भन्दै राजीनामा दिएका थिए । त्यसअघि डीआईजी नवराज सिलवालले सरकारले प्रकाश अर्याललाई महानिरीक्षक बनाएपछि अवधि बाँकी रहँदै जागिर छाडेका थिए । सिलवालले महानिरीक्षकका लागि आफू पहिलो दाबेदार भएको भन्दै त्यसबखत असन्तुष्टि देखाउँदै राजीनामा दिएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बाट प्रतिनिधिसभा सदस्य बनेका छन् ।
२०७४\७५ मै प्राविधिक तर्फकी डीआईजी शिला कंसकार कार्कीले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी थिइन् । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले भने समग्रतामा राजीनामाको क्रम नबढे पनि केही वर्षको तथ्यांकले त्यस्तो देखाएको बताए ।
उनले भने, ‘राम्रो अवसर आउँदा मानिसले जुनै पेसा पनि परिवर्तन गर्छ, यहाँ पनि त्यस्तै भएको हुन सक्छ । तर त्यस्तो राजीनामाको क्रम बढेको नै भने होइन,’ प्रहरी प्रवक्ता क्षत्रीले भने ।
त्यस्तै, राजीनामा धेरैले घरायसी कारण उल्लेख गरेका छन् ।
जागिर छाड्नेमा सबैभन्दा बढी प्रहरी हवलदार छन् । विगत साढे दुई वर्षको अवधिमा ४ हजार ६२६ जनाले राजीनामा दिएका छन् ।
अर्कातर्फ प्रहरीभित्र वरिष्ठ प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मूल्यांकनलगायत कारणले कनिष्ठ प्रहरीहरूले राजीनामा दिने गरेको पाइएको छ ।
यस्तै, १८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाका प्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन् । उनीहरू राजीनामा दिएर अन्य पेसामा जाने गरेका छन् । राजधानी दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस