काठमाडौँ-‘नोबेल कोरोना भाइरस’ का बिरामीको रगत र र्यालको नमुना विशेष परीक्षणका लागि विदेश पठाइने भएको छ।
चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको आजको कान्तिपुर दैनिकले समाचार छापेको छ |
अन्य बिरामीभन्दा अलग राखेर उनको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जालगायत सबै जाँच गरिएको छ | उनी चीनको ‘वुहान’ बाट छुट्टीमा नेपाल फर्किएका थिए। नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको नमुना विदेश पठाउन लागिएको हो।
ज्वरो, खोकीलगायतका लक्षण देखिएका ती बिरामीको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ( को समन्वयमा एक–दुई दिनभित्रै भारतको पूणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलजी वा हङकङ पठाइने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा.विवेककुमार लालले जानकारी दिए।
उक्त परीक्षणको प्रतिवेदन आएपछि मात्र ती विद्यार्थी नोबेल कोरोना भाइरसबाट संक्रमित रहे वा नरहेको स्पष्ट हुनेछ।
डब्लूएचओका अनुसार विश्वमै पहिलोपटक चीनको वुहानकै समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो।
हालसम्म उक्त भाइरसबाट संक्रमित अधिकांश बिरामी समुद्री खाद्य बजारमा काम गर्ने छन्। कोरोना भाइरस ऊट, बिरालो, चमेरोसहित थुप्रै पशुमा प्रवेश गरिरहेको छ।
चीनका सरकारी अधिकारीका अनुसार यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको स्पष्ट प्रमाण छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस