काठमाडौ-उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले आफ्नै अध्यक्षतामा प्रतिनिधिसभा बैठक चलाएकी छन्।
आफ्नै अध्यक्षतामा चलेको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएकी छन्। उनले संसद बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएकी हुन्।
गत ४ पुस सम्म उनले नै बैठकको अध्यक्षता गरेकी थिइन्। तर, त्यस पछाडि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको थियो। सोमबार दिउँसो एक बजे बोलाइएको बैठकको अध्यक्षता पनि उपसभामुख तुम्बाहाङ्फेले नै गरेकि थिइन।
संसदलाई सम्बोधन गर्दै उनले भनिन्, “ मैलै सहजीकरण गर्न आवश्यक भएको छ। यसैअनुसार, मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा जानकारी गराउँछु।” उपसभामुख तुम्बाहाङ्फे दुई वर्षे कार्यअवधिमा साथ सहयोग दिने सवैलाई धन्यवाद दिइन्।
सांसदहरुलाई मार्ग प्रशस्त गराएकाे जानकारी दिएकी उपसभामुखले पदबाट लिखित राजीनामा संसद सचिवालयमा दर्ता गराइने भएकाे छ। उपसभामुखको राजिनामापछि आज दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने र उहाँले नै उपसभामुखको राजिनामा पढेर सुनाउने तयारी गरिएको श्रोतले जनाएको हो।
आजको बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ। सचिवालय श्रोतका अनुसार माघ ८ गतेका लागि सभामुखको चुनाव हुने सम्भावना छ। सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया आज शुरु नगर्ने भएको छ । सत्तारुढ दल नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ।
अर्को बैठक दिउँसो चार बजे बोलाइएको छ। उक्त बैठककाे अध्यक्षता जेष्ठ सदस्यले गर्ने र सभामुख चयन प्रक्रिया अगाडि बढाउने तयारी छ। सभामुख चयन प्रक्रिया अगाडि बढाइने भएकाले संसदकाे नियमित कार्यसूची भने हटाइएकाे छ।
मुख्य विपक्षी दल काँग्रेसले भने सभामुखमा उम्मेद्वारी दिने कि नदिने भन्नेबारे निर्णय गरिसकेको छैन। सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक ब्यवस्था छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस