काठमाडौ-नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ पुनर्वहाली भएका छन्। सरकारले उनलाई सफाइदिएपछि उनी डेपुटि गभर्नरमा पुनर्वहाली भएका हुन। उनी करिव ३० महिनामा आफ्नो कार्यालय फर्केका हुन्।
उनलाई सरकारको सिफारिसमा नेपाल राष्ट्र बैंकले अनियमितता गरेको आरोपमा छानविन गर्न कात्तिक १८ गते सोमबारदेखि निलम्बन गरेको थियो। उनलाई अर्थमन्त्रालयले आइतबार बोलाएर सफाइ पाएसँगै पुनर्वहालीको पत्र दिएको थियो।
एनसेललाई लाभांस लैजान बाटो खुल्ला गरेको,अजय सुमार्गीको रकम बैंकबाट झिक्न मद्धत गरेको,बैंकहरुको खराव कर्जा लुकाउन सहयोग गरेको, गोएमएल लागु गर्न असहयोग गरेको लगायतका विभिन्न आरोपहरु लागेको थियो। विभिन्न अनियमिततामा मुछिएपछि मन्त्रिपरिषद्ले उनीमाथि छानबिन गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको थियो।
राष्ट्र बैंक सञ्चालक समितिले एक महिनाको म्याद तोकेर कात्तिक १८ गते सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविनि समिति गठन गरेको थियो। सरकारका प्रवक्ता सञ्चार मन्त्री गोकुल बाँस्कोटाले माघ २ गते मन्त्री परिषद्ले उनलाई सफाई दिएको सूचना सार्वजनिक गरेका थिए। श्रेष्ठको कुनैपनि कसुर नदेखिएपछि मन्त्रीपरिषद् बैठकले नै उनलाई सफाइ दिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस