काठमाडौं – गृहमन्त्रालयका सचिव प्रेमकुमार राई र अर्थमन्त्रालयका सचिव राजन खनाल २०७६ माघ २२ गते अवकाश हुँदैछन् ।
नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुर पनि माघ २२ मै अवकाश हुँदैछन् ।
२०७१ माघ २२ मा सचिव बढुवा भएका तिनैजना पाँच वर्षे पदावधिका कारण अवकाश हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रशासनिक सल्लाहकारकै भूमिकामा रहेका सचिव राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त नियुक्त हुने चर्चा चल्दै आएको छ ।
हालका प्रमुख आयुक्त नविन घिमिरे २०७७ भदौ २८ मा ६५ वर्षे उमेर हदका कारण निवृत्त हुने भएकाले राईलाई हाल आयुक्त नियुक्त गरिने र उनको अवकाशपछि प्रमुख आयुक्त बनाउने योजनामा प्रधानमन्त्री ओली रहेको बताईन्छ ।
साँघु साप्ताहिकले लेखेको खबर अनुसार, यद्यपि अख्तियारका आयुक्त डा. गणेशराज जोशी घिमिरेको अवकाशपछि बरिष्ठताका आधारमा प्रमुख आयुक्तका दाबेदार हुन । घिमिरेसँगै आयुक्त नियुक्त भएपनि उनी ६ वर्षे कार्यकाल पुरा गरी २०७७ चैतमा मात्र अख्तियारबाट बिदा हुनेछन् ।
घिमिरेको अवकाशपछि प्रमुख आयुक्त भएमा सिनियरको सम्मान पनि हुने र उनको करीब ७ महिनामात्र प्रमुख आयुक्त सम्हाल्न पाउनेछन् ।
२०७५ दशैंमै मेलम्चीको खानेपानी काठमाडौंबासीका घर घरमा पुर्याउने भनी खानेपानी मन्त्री विना मगर र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुमराहमा पार्ने सचिव ठाकुरलाई ट्रष्टमा सरुवा गरिएको थियो ट्रष्टमा सरुवा गरिएपछि उनले बदला लिन नेपाल ट्रष्टबाट लिजमना दिइएका जग्गाहरुका बारेमा मिडियामा समाचार लिक भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस