विराटनगर – नेपाल र भारतको सीमा क्षेत्र विराटनगर–१८, बुधनगरमा निर्माण सम्पन्न एकीकृत जाँचचौकी (आईसीपी) मङ्गलबार हस्तान्तरण हुने भएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भिडियो कन्फरेन्समार्फत आईसीपीको उद्घाटनपछि भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो ।
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका डेपुटी निर्देशक हरिकृष्ण मिश्राका अनुसार प्रधानमन्त्रीले सिंहदरबारबाट भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रूपमा आईसीपीको स्वामित्व ग्रहण गर्ने कार्यक्रम राखिएको छ ।
आईसीपी हस्तान्तरणको सबै प्रक्रिया पूरा भइसकेकाले त्यसको कार्यक्रम तयारी व्यवस्थापन भइसकेको डेपुटी निर्देशक मिश्राले बताए ।
दुई देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्ने उनको भनाई छ ।
यसैगरी विराटनगर–१८, बुधनगर क्षेत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, भन्सारका प्रतिनिधि र भारतीय दूतावासका प्रतिनिधिसहितको उपस्थितिमा कार्यक्रम राखिएको छ ।
नेपाल इन्टरमोडलले आईसीपीको स्वामित्व ग्रहण गरेपछि त्यसको सञ्चालन जिम्मेवारी भन्सार विभागले पाउने छ ।
निर्माण कम्पनीले परामर्शदाता कम्पनी राइटलाई हस्तान्तरण गरिसकेको छ । भारतीय कम्पनी दिनेशचन्द्र एन्ड आर। अग्रवाल इन्फ्राकन अहमवाद परियोजनाले आईसीपीको निर्माण गरेको हो ।
सन् २०१७ मार्चदेखि सुरु भएको काम दुई वर्ष अवधिमा सक्नुपर्ने भए पनि वर्षात् र बाढीको कारण देखाउँदै ढिलो भएको थियो ।
सन् २०१९ को फेब्रुअरीमा हस्तान्तरण गर्ने गरी सम्झौता भए पनि त्यसको दस महिनापछि मात्र आईसीपीको काम सम्पन्न भएर हस्तान्तरण गर्न लागिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस