पोखरा – अन्नपूर्ण आधारशिविर ९एबिसी० पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ। हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन्।
त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको र ठूलो पहिरोले पुरिएका कारण तत्काल भेट्न कठिन रहेको व्यवसायीले बताए। हिमपहिरो आएपछि खोजतलास र उद्धारका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानले सदस्य विजय केसीको नेतृत्वमा सातजना खोजीकर्ता पठाएको थियो। ती खोजीकर्ताका अनुसार पहिरो झरेको ठाउँमा चट्टानजस्तै हिउँ जमेको र ६र७ फिटसम्म हिउँ थुप्रिएकाले हराएका व्यक्ति तत्काल फेला पार्न सकिने अवस्था छैन।
गत शुक्रबारको हिमपहिरोमा चारजना कोरियाली र तीनजना नेपाली गाइडसहित सातजना हराएका छन्। तीमध्ये नेपाली गाइडहरुमा सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोटे रहेको टानले जनाएको छ। खोजीमा खटिएका टानका सदस्य विजय केसीका अनुसार हिमपात जारी रहेको र बाक्लो हिउँका कारण पहिरोस्थलमा पुग्नै कठिन छ।
कठिन साथ पहिरोस्थल पुगे पनि खोजतलास सहज नभएको उनले बताए। स्थानीय र टानका खोजीकर्ता मात्र अहिलेसम्म घटनास्थल पुगे पनि खोजी सम्भव नभएपछि पोखरा फर्केको छ।
‘हामी घटनास्थल पुगेर फर्किंदैछौं। तर अहिलेका लागि खोजतलास सम्भव नै छैन,’ केसीले भने, ‘पहिरो भीषण छ। तत्काल हिउँ पग्लिने सम्भावना छैन। हिउँ नपग्लेसम्म खोतलेर बेपत्ता मान्छे भेट्न सकिन्न।’
समुद्री सतहदेखि करिब ३२ सय मिटर उचाइको उक्त घटनास्थलमा हराएका कोरियाली पर्यटक भेट्न कम्तीमा एक महिनासम्म लाग्न सक्ने उनले बताए। ‘अहिले पनि लगातार हिउँ परेकाले खोजीकार्य तत्काल सम्भव छैन। कोरियाली पर्यटक हराएको खोचमा त झनै बाक्लो हिउँ जमेको छ’, उनले भने। नेपाली गाइड परियार बेपत्ता भनिएको ठाउँमा भने केही कम हिउँ रहेकाले अरु नथपिएको अवस्थामा कम्तीमा एक साता लाग्ने उनले बताए।
बाक्लो हिउँले पुरिएको मानवशरीर पत्ता लगाउने कुनै विशेष प्रविधि प्रयोग गरेर यकिन गर्न सकेको अवस्थामा केही छिटो भेट्टाउन सकिने सम्भावना रहे पनि हिउँ पग्लिने दिन पर्खिंदा महिना दिनभन्दा बढी लाग्ने उनले बताए। नागरिक दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस