काठमाडौं – सभामुख पद रिक्त रहेको साढे तीन महिनापछि नेकपाले स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार राति अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको निर्णायक संवादपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई सर्वसम्मत सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो ।
ओली र प्रचण्डबीच आइतबार बिहान पनि करिब डेढ घन्टा छलफल भएको थियो । ‘अध्यक्षद्वयको संयुक्त प्रस्तावमा सचिवालय बैठकबाट सापकोटालाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय भएको छ,’ बैठकपछि महासचिव विष्णु पौडेलले भने, ‘अब पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दर्ताका लागि उपसभामुखलाई राजीनामा गर्नुहोस् भन्ने हाम्रो आग्रह छ । र, उहाँले राजीनामा गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’
नेकपा स्रोतका अनुसार सचिवालय बैठकको सुरुवातमै ओलीले ‘हामीले सभामुखको टुंगो लगाएका छौँ, तपाईंहरूको धारणा बुझ्न र निर्णय गर्न बैठक बोलाएका हौँ’ भनेका थिए । त्यसपछि अर्का अध्यक्ष प्रचण्डले ‘अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने हामी दुई अध्यक्षबीच सहमति बनेको छ । यसमा तपाईंहरूको सुझाब के छ रु’ भनेर प्रस्ताव अगाडि बढाएका थिए । लगत्तै, अरू नेताहरूले ‘तपाईंहरूको सहमतिमा प्रस्ताव आएको भए हाम्रो समर्थन छ’ भनेका थिए ।
यसअघि सापकोटाको नाम टुंगो लगाएर बालुवाटारबाट आफ्नो निवास खुमलटार फर्किने क्रममा प्रचण्डले कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमतिबारे जानकारी गराएका थिए । पार्टी एकीकरणअघिको भागबन्डाअनुसार नै सभामुख पूर्वमाओवादी समूहले पाउनुपर्ने विषयमा प्रचण्डलाई नेपालले पनि साथ दिँदै आएका थिए ।
नयाँपत्रिका दैनिकका अनुसार,पार्टी निर्णय कार्यान्वयनका लागि सोमबार बिहानसम्म राजीनामा दिएमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको उचित व्यवस्थापनका लागि अध्यक्ष ओली र प्रचण्ड सकारात्मक देखिएका छन् । उनलाई सहरी विकास वा कानुन मन्त्रालयको जिम्मेवारी दिन दुवै अध्यक्ष तयार रहेको नेकपा स्रोतले जनाएको छ ।
महासचिव पौडेलले नयाँ पत्रिकासँग भने, ‘उहाँको व्यवस्थापन त कुनै ठूलो कुरै होइन, राजीनामा गर्नुहोस् भन्ने हाम्रो आग्रह र अपेक्षा मात्र हो ।’ प्रचण्डसँग सहमतिलगत्तै ओलीले बालुवाटार बोलाएर उपसभामुख डा। तुम्बाहाङ्फेलाई राजीनामाका लागि आग्रह गरेका थिए । तर, उपसभामुख तुम्बाहाङ्फेले भने आफूलाई निर्णय चित्त नबुझेको भन्दै सभामुखमा बढुवा नगर्नु र राजीनामा गर्नुपर्ने लिखित कारण चाहिने पुरानै अडान दोहोर्याएको उनीनिकट स्रोतले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस