सोल-कोरियाली सैनिकहरुले विदाको समयमा गर्ने गरेको लिङ्ग परिवर्तन यहाँका सैनिक अधिकारीहरुको लागि टाउको दुखाइ को विषय बन्ने गरेको छ ।
एक सैनिक अधिकारीका अनुसार सैनिकहरु जव विदामा घर जान्छन्, त्यो बेला आफ्नो लिङ्ग परिवर्तन गरेर फर्कने गरेको पाइएको छ ।
सैनिक अधिकारीका अनुसार त्यसरी सैनिक ब्यारेक छिर्ने सैनिकहरुलाई जागिरबाट बर्खास्त गर्न लाग्दा उनीहरु महिला सैनिक भएर काममा निरन्तरता दिने भन्ने कुरो आउने गरेको छ ।
अधिकारीका अनुसार लिङ्ग परिवर्तन गरेर सैनिक सेवामा प्रवेश गर्न निषेध छ तर सैनिक सेवामा प्रवेश गरिसके पछि लिङ्ग परिवर्तन गर्नेहरुको बारेमा स्पस्ट कानुन नहुदा यो विषय निकै नै टाउको दुखाइको विषय बन्न थालेको पनि अधिकारीले उल्लेख गरेका छन् ।
कोरियन बार एसोसिएशनका भुतपूर्व प्रमुख किम ह्युनका अनुसार यो घटना कानुनको नयाँ बहसको विषय बनेको उल्लेख गर्दै कोरियाको संविधानले कुनै पनि नागरिक आफू पृथक लैङ्गिक भएकै कारण रोजगार गुमाउनु गैरकानुनी हुने समेत बताए ।
यो विषय विश्वभर नै फैलिएको विषय हो । अमेरिकामा पनि सन् २०१५ मा तेस्रो लिङ्गिहरुलाई सैन्य सेवामा लिइन थालेको थियो भने ट्रम्प प्रशाशनले यसलाई पुन बन्द गरेको थियो । तर ट्रम्प प्रशाशनले यस्तो अंकुश लगाउनु अगाडि सेवामा प्रबेश गरेका सैनिकहरु भने बर्खास्त गरिएका छैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस