बुटवल – प्रदेश ५ को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजदेखि हिउँदे अधिवेशन बोलाइएको हो ।
बैठक दिउँसो १ बजे बस्ने प्रदेश ५ को प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत जेठ २ गते सुरु भएर असोज २ मा बजेट अधिवेशन सकिएपछि प्रदेश ५ को संसद विजनेस विहिन भएको छ ।
हिउँदे अधिवेशनको पहिलो दिन शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ । प्रदेश १ र २ सँगै ५ ले अझै नाम र स्थायी राजधानी टुंग्याउन सकेको छैन ।
हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने प्रदेश ५ सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए ।
प्रदेश ५ सरकारले आजबाट सुरु हुने हिउँदे अधिवेशनमा ६ वटा विधेयक पठाउने तयारी गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस