काठमाडौँ-चीनमा ‘सार्स’ जस्तै भाइरसका कारण दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म नयाँ प्रकारको भाइरसबाट ४५ जना संक्रमित भेटिएको चीनले जनाएको आजको कान्तिपुर दैनिकले समाचार छापेको छ |
रहस्यमय प्रकृतिको नयाँ भाइरसबाट चीनले जनाएभन्दा बढी प्रभावित भएको हुन सक्ने बेलायत आधारित वैज्ञानिकहरूले बताएका छन्। उनीहरूले सैयौं मानिस प्रभावित भएको हुन सक्ने भन्दै यसबाट सचेत रहन आग्रहसमेत गरेका छन्।
वैज्ञानिकहरूले शुक्रबार प्रकाशन गरेको अनुसन्धान विवरणअनुसार वुहान सहरमा नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हजारभन्दा बढी छ।
के हो नयाँ भाइरस?
विश्व स्वास्थ्य संगठनका अनुसार चीनको वुहान सहरमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस रुघाखोकी ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ र ‘सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ जस्ता गम्भीर रोग निम्त्याउने भाइरसको ठूलो समूहको एउटा सदस्य हो।
नयाँ प्रकारको कोरोना भाइरस यसअघि नदेखिएको भाइरस हो। कोरोना भाइरस जुनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो। चिनियाँ पक्षले पनि यो भाइरस मानिसबाट मानिसमा सरेको घटना भने नपाइएको जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस