एजेन्सी । भारतमा निर्भया बलात्कारपछिको हत्या प्रकरणका अभियुक्तहरुलाई फेब्रुहरी १ मा मृत्युदण्ड दिइने भएको छ । शुक्रबार भारतको पटियाला हाउस अदालतले उनिहरुलाई मृत्युदण्डको नयाँ वारेन्ट जारि गरेको हो । यसअघि जनवरी २२ मा मृत्युदण्ड दिन अदालतले आदेश गरेको थियो ।
चार अभियुतमध्य महेशकुमार सिंहले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसमक्ष जीवन रक्षाको याचना दर्ता गराएका थिए । तर, राष्ट्रपति कोविन्दले शुक्रबार उनको याचना खारेज गरिदिएका थिए ।
राष्ट्रपतिबाट दयाको याचना खारेज भएपछि मृत्युदण्डको मिति सरेको हो । दया याचना खारेज भएपछाडि फाँसीका लागि १४ दिनको सूचना सार्वजनिक गर्ने प्रावधान रहेको छ ।
डिसेम्बर १६, २०१२ मा दक्षिण दिल्लीको वसन्त विहार क्षेत्रमा प्यारा मेडिकल कलेजकी विद्यार्थी निर्भयालाई बसले ठक्कर दियो।सोही समयमा अक्षयसिंह कुमार, विनयकुमार शर्मा, पवनकुमार गुप्ता, मुकेश सिंह र चालक रामसिंहले निर्भयालाई दुर्व्यवहार गरेका थिए ।
त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो । आरोपित १ जनालाई नाबालक भन्दै त्यसबेलानै माफी दिइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस