धादिङ – काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका थिए। त्यसबाट नाफा नभएपछि ऋण थपियो। ऋणको बोझ थेग्न नसकेपछि उनले बिहीबार गलत बाटो रोजे। त्यही घटनामा उनले पत्नी जमुनालाई गुमाएनन् मात्रै, दुई नाबालक छोरा ६ र २२ महिनाका नदीमा बेपत्ता भए।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ बाँदरे घुम्तीनजिकै विनय र उनकी पत्नी जमुनाले एक÷एक छोरा च्यापेर त्रिशूलीमा हामफालेका थिए। त्यसलगत्तै स्थानीय रिसोर्ट र होटल सञ्चालकले विनयलाई जीवितै उद्धार गरे। जमुना मृत अवस्थामा भेटिएकी थिइन्। अन्दाजी २ सय मिटर तलसम्म बगेका दुवै बच्चा शुक्रबारसम्म पनि भेटिएका छैनन्। प्रहरीले शुक्रबार बिहानदेखि खोजी गरेको थियो। बिहीबार साँझदेखि वर्षा भइरहेको र नदी धमिलो रहेकाले उनीहरूको खोजीमा कठिनाइ भएको इलाका प्रहरी गजुरीले जनाएको छ।
लामिछाने दम्पतीको सानो छोरोको पास्नी शुक्रबारका लागि तय भएको थियो। चन्द्रागिरीस्थित घरमा सुतक परेको र शुक्रबारै उत्तम साइत रहेकाले जमुनाको माइतबाट पास्नी गर्ने तयारीका साथ उनीहरू बिहीबार धादिङ हिँडेका थिए। तर, आदमघाट बजार झर्नुपर्नेमा पौने घण्टाको दूरीमा रहेको बेनीघाटस्थित बाँदरे घुम्ती पुगेका थिए। ‘उनीहरू यहाँ आदमघाटमा नझरी सिधै उता पुगेछन्’, जमुनाका दाइ जगत रेग्मीले भने, ‘भान्जाको भात खुवाइको तयारीमा उनीहरूलाई पर्खिरहेका थियौं। अचानक दुःखको खबर सुन्नुपर्यो।’
नदी किनारमा छाडेको झोलामा बच्चालाई भात खुवाइमा लगाउने चाँदीको बालासमेत भेटिएको थियो। घुम्तीमा आइपुगेपछि झोलुंगे पुल तरेर गोरखा घ्याल्चोकबाट उनीहरू त्रिशूलीमा हेलिएका थिए। त्यसअघि घुम्तीको होटलमा घरबाटै बोकेको दूध तताएर बच्चालाई खुवाएपछि उनीहरू गोरखातर्फ लागेको होटल सञ्चालक वदनकुमारी श्रेष्ठले सुनाइन्।
आत्महत्याको तयारीसाथ उनीहरूले घर छाडेको खुलेको जिल्ला प्रहरी धादिङका प्रमुख रवीन्द्र रेग्मीले बताए। ‘थानकोटस्थित घरमा सिरानीमुनि रहेको सुसाइड नोट प्रहरीले बरामद गरेको छ’, उनले भने, ‘त्यसमा व्यवसाय गर्दा थुप्रै ऋण लागेको र ऋणको साँवाब्याज तिर्न नसकेर आत्महत्याको बाटो रोजेको उल्लेख छ।’
ऋणीहरू पनि अनुसन्धानमा – प्रहरी
पेसाले शिक्षक विनयले साथीसँग मिलेर अनलाइन व्यापारमा लगानी गरेका थिए। सुरुमा नाफा कमाए पनि पछिल्ला वर्षमा थुप्रै घाटा बेहोरे। साथीहरूले पनि छाडेपछि एक्लै व्यवसाय धान्दै आएका उनले पछिल्लो एक वर्षमा डेढ करोडभन्दा बढी ऋण लिएको ऋणीको लिस्टमा उल्लेख रहेको प्रहरीले जनाएको छ।
‘ऋणबारे हामीलाई थाहा थिएन। तनाव भए पनि त्यस्तो अप्रिय निर्णय लेला भन्ने हामीले सोचेका थिएनौं’, दाजु नाता पर्ने हरिहर लामिछानेले भने, ‘पहिला कलेज पढाउँथ्यो। अहिले कमोडिटी व्यापार गर्दै आएको थियो। एक्कासि सोच्दै नसोचेको घटना भोग्नुपर्यो। जे नहुनु थियो त्यो भयो, अब विनयलाई सम्हाल्नु छ।’
पत्नीलाई समातेर बगिरहेका थिए विनय – उद्धारकर्मी राजेन्द्र श्रेष्ठ
म आफू काम गर्ने रिसोर्टमा त्रिशूलीको साइडतर्फ बसिरहेको थिएँ। एक्कासि झोलुंगे पुलमा केही मान्छे ‘मान्छे बगायो, मान्छे बगायो’ भनेर चिच्याइरहेको सुनें। म कायक चालक भएकाले हत्तपत्त कायक लिएर नदीमा पसिहालें। केही तल मान्छे बगाएको देखेपछि कायकलाई त्यतै लगें। अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस