सुर्खेत– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीमा दलितहरुको अवस्था दयनीय रहेको बताएका छन् ।
राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशस्तरीय दलित पत्रकार भेला’ कार्यक्रमको उद्घाटन गर्दै कानूनमन्त्री भण्डारीले दलितहरुले मान्छे भएर जीउन नपाएको उल्लेख गरे । “मुलुकमा नयाँ व्यवस्था ल्याउन दलित जातिको ठूलो योगदान छ,” उनले भने , “यद्यपि नयाँ व्यवस्थामा पनि उनीहरु अमानवीय व्यवहारको शिकार हुनुपरिरहेको छ ।” दलित जातिको यही अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले दलितमैत्री कानून ल्याउन लागेको उहाँको भनाइ थियो । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले मानव भएर पनि मानवका रुपमा व्यवहार नगरिनु अन्याय भएको बताएका छन् ।
त्यसैगरी, कर्णाली प्रदेशसभा सत्तापक्षका सचेतक सीताकुमारी नेपालीले जातीय विभेद् समाजको कलङ्क भएको टिप्पणी गरे । “सूचना र प्रविधिको चरम विकास भइरहेको २१औँ शताब्दीमा नेपाली समाज विद्यमान विभिन्न विभेद्बाट मुक्त हुन सकेको छैन,” उनले भने , “यो राज्य समृद्धि, शान्ति र विकासको बाधक हो ।”
राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष विनोद पहाडीले जातीयरुपमा समाज विभाजित देखिए पनि सञ्चारकर्मी कहिल्यै दलित नहुने तर्क गरे । अध्यक्ष पहाडीले भने , “आजको व्यवस्था ल्याई पु¥याउनुमा दलितहरुले जीवन उत्सर्ग गरेका छन् । यद्यपि त्यसको कुनै लेखाजोखा छैन ।” उक्त भेलामा कर्णाली प्रदेशका १० जिल्लाका प्रतिनिधि, पर्यवेक्षक र सहभागीसहित १३० जनाको उपस्थिति रहेको सङ्घका केन्द्रीय सदस्य टेकेन्द्र विश्वकर्माले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस