एजेन्सी – अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ ।
ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सय जना सिनेटरलाई शपथ दिलाइएको छ ।
प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध र्पुयाउन नभनेको बताएका छन् ।
ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लंघन गरेको आरोप लागेको छ ।
शक्तिको दुरुपयोग र कांग्रेसको प्रक्रियामा अवरोध र्पुयाएको भन्ने आरोप राष्ट्रपति ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।
महाभियोगसम्बन्धी प्रावधान अनुसार दोषी ठहर गर्ने तथा राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा दुई तिहाइ सिनेटरले समर्थन गर्नुपर्ने हुन्छ ।
सिनेटमाथि राष्ट्रपति ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेकोले उनले सफाइ पाउने अपेक्षा गरिएको छ।
सिनेटमा प्रतिनिधित्व गर्ने प्रमुख रिपब्लिकन नेता मिच मक्कनेलले महाभियोग प्रक्रियालाई अगाडि बढाएकोमा संसद्को तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सको आलोचना गरेका छन् ।
हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले रिपब्लिकन सिनेटरहरूलाई राष्ट्रपतिका अन्धसमर्थक बन्न नहुनेमा जोड दिएकी छिन् ।
यसअघि सभामुख पेलोसीले राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रमा हस्ताक्षर गरेर सिनेटमा पठाएकी थिईन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस