काठमाडौं – दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणको लिखित सहमति भएको छ। दुबै दलका अध्यक्ष समेतले हस्ताक्षर गरेको सात बुँदे सहमतिमा पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने र पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद लेनिनवाद’ रहने उल्लेख छ।
यसअघि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत दलको नेतृत्व संयुक्त रुपमा गर्ने सहमति भएका विवरणहरु आएका थिए। तर पार्टीको अध्यक्ष को हुने भन्नेबारे भने प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अबेर भएको लिखित सहमतिमा केही उल्लेख गरिएको छैन।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा एकीकरणका प्रारंभिक आधारहरु नाम दिइएको सहमतिपत्रमा पार्टी एकता संयोजन समितिमा रहेका एमालेका पाँचजना तथा माओवादी केन्द्रका तीनजना सहित आठजना वरिष्ठ नेताहरुले हस्ताक्षर गरेका छन्।
कतिपय नेताहरुले सरकारको नेतृत्व पनि आलोपालो गर्ने अनौपचारिक सहमति भएको बताउने गरेका थिए। तर त्यसबारे पनि सहमतिमा केही उल्लेख छैन। सहमतिसँगै माओवादी केन्द्र सरकारमा सहभागी हुनेछ।
तर मन्त्रीका साथै राष्ट्रपति, उपराष्ट्रपति तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका महत्त्वपूर्ण पदहरुको बाँडफाँटबारे सहमति हुन भने बाँकी छ |त्यसबारे अब केही दिनभित्रै निचोडमा पुग्ने दुबै पक्षका नेताहरुले जनाएका छन्।
नेपालमा कम्युनिष्ट पार्टीमा एकताभन्दा विभाजन धेरै देखिने गरेको थियो। ठूलो जनधनको क्षति पुर्याउँदै सम्पन्न भएको सशस्त्र आन्दोलनको नेतृत्व गरेको माओवादी केन्द्र र पछिल्ला दशक संसदीय राजनीतिमा अभ्यस्त एमालेबीचको एकताले नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने ठानिएको छ।
अहिले छुट्टै दलको अस्तित्वमा रहेका कतिपय माओवादी नेताहरुले भने एमालेसँग माओवादी केन्द्रको एकतालाई आफूहरुले पहिलेदेखि शंका गरे जस्तै अन्तत: प्रचण्ड नेतृत्वको दलको ‘संसदीय राजनीतिमा विसर्जन’को रुपमा लिएका छन्।
उनीहरुबीचको एकताले अस्थिर राजनीतिको अन्त्यमा सघाउ पुर्याउने आशा कतिपय राजनीतिशास्त्रीको छ। तर कम्युनिष्ट पार्टीको विगतलाई हेरेर केहीले एकतापछि पनि विभाजनको सम्भावना अस्वीकार गर्न नसकिने बताउने गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस