काठमाडौ-तेस्रो कुम्मायक गोल्डकप २०७६ को उद्घाटन खेलमा कुम्मायक गाउँपालिकाले तुम्बेवा गाँऊपालिकालाई ३-२ गोलअन्तरमा हराउदैँ सेमिफाइनलमा प्रवेश गरेको छ।
उद्घाटन खेल पाँचथरको पृथ्वी मा.वि.को खेलमैदान यासोकमा भएको पहिलो खेलको १९औँ मिनेटमा राजेश थापाले गोल गर्दै तुम्बेवा टिमलाई १-० को अग्रता दिलाएका थिए। २९ औँ मिनेटमा कुम्मायकका दिप्सन लावतीले आकर्षक हेड गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याउन सफल भए। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो।
दोस्रो हाफको कुम्मायका दिप्सन लावतीले नै दोस्रो हाफको ५४ औँ मिनेटमा हेडरमार्फत अर्को गोल गरेर २-१ को अग्रता दिलाए। रोमाञ्चक बनेको दोस्रो हाफको खेलमा कुम्मायका लोकेन्द्र थापाले ६४ औँ मिनेटमा गोल गरेर ३-१ को सहज अग्रता दिलाएका थिए। खेलमा फर्किने प्रयास गरेको तुम्बेवाका लागि ६८ औँ मिनेटमा फेरि राजेश थापाले गोल गरेर गोलअन्तर ३-२ मा झारेको थिए। खेलको म्यान अफ दी म्याच कुम्मायक गाउँपालिकाका दिप्सन लावती घोषित भए। उनले नगद ३,०००/- पाएका छन्।
कुम्मायक गोल्डकपको विजेताले नगद रु.१,११,१११ रुपैयाँसहित २ किलो चाँदीको ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ। उपविजेताले भने नगद रु.५५,५५५/- सहित मेडल प्राप्त गर्नेछ।
पाँचथर जिल्लाका ८ गाँऊपालिका र एक नगरपालिका सहभागी हुने कुम्मायक गोल्डकप स्थानीय कुम्मायक स्पोर्टिङ क्लबले आयोजना गरेको हो। गोल्डकपको प्रवर्द्धक कुम्मायक गाउँपालिका रहेको छ।
आज हुने खेलहरू
१.फालेलुङ गाउँपालिका विरुद्ध हिलिहाङ गाउँपालिका
२.फिदिम नगरपालिका र याङवरक गाउँपालिका
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस