काठमाडौं-नेत्र विक्रम चन्द विप्लव समूहले बुधबार साँझ काठमाडौँको नागार्जुन नगरपालिका–१ स्थित शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएकोबारे जिम्मा लिएको छ ।
उसले बम विष्फोट गराउनका कारण पनि सार्वजनिक गरेको छ । विस्फोट भएको स्थानमा उनिहरुले पार्टीको पर्चा छाडेका छन् ।
पर्चामा बालुवाटार जग्गालाई व्यक्तिको नाममा ल्याएर बेच्ने प्रपञ्चको मुख्य योजनाकार शोभाकान्त ढकाल नै भएको विप्लव समूहले दाबी गरेको छ ।
घटनास्थलमा भेटिएको पर्चामा यस्तो लेखिएको थियो :
१. ‘बालुवाटारस्थित ललितानिवास परिसरको करिब १ सय १५ रोपनी सरकारी ९राष्ट्रिय० जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपञ्चको मुख्य योजनाकार भएको ।
२. बालुवाटारको राष्ट्रिय जमिनको अनियमितता बारे पुर्व सचिव शारदा प्रसाद त्रितालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदनले भुमाफिया किटान गरेकोले
३. जनयुद्धकालमा सुकुम्बासी÷भूमिहीनहरुको जग्गा आफ्नो नाममा हडप्ने प्रपञ्च गरेकोले
४. विगतमा एमाले र हाल सरकारी नेकपाको राजनैतिक शक्तिको आडमा राज्यको भ्रष्ट निकाय वा कर्मचारीहरुसँगको मिलेमतोमा माफियागिरी एवम् लुटखसोट गरेकोले
५. कुख्यात भूमाफिया एवम् राष्ट्रिय सम्पत्तीको लुटखसोट गर्ने योजनाकार भएको पुष्टि हुँदापनि कथित कम्युनिस्ट नामधारी वर्तमान के।पी सरकारले कुनै कारवाही नगरेकोले जनस्तरबाट व्यापक रुपमा कारवाहीको माग एवं उजुरी आएकोले ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस