काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी द्धन्दकालमा मारिएकामध्ये ५ हजारको मात्रै जिम्मेवारी आफूले लिने बताएका छन् ।
बाँकी १२ हजारको जिम्मा तत्कालीन राजा र राज्यपक्षले लिनुपर्ने उनको भनाई छ ।
साथै उनले साढे चार वर्षअघि कैलालीमा भएको टिकापुर हत्याकाण्डमा दोषी ठहर रेशम चौधरीलाई छुटाइने घोषणा पनि गरेका छन् ।
काठमाण्डूको टुँडिखेलमा भएको कार्यक्रममा उनले द्वन्द्वकालमा भएका घटनाको सोलोडोलो जिम्मा आफ्नो काँधमा हालिदिने प्रवृत्तितर्फ सङ्केत गर्दै त्यो गलत भएको बताए ।
दश वर्ष चलेको द्वन्द्वका बेला मारिएका १७ हजार मानिसबारे उनको जिम्मेवारीबारे वक्ताले प्रश्न उठाएपछि प्रचण्डले जवाफमा त्यसो भनेका थिए ।
प्रचण्डले भने ‘मैले १७ हजार मानिस मारेर आएको भन्ने तथ्याङ्क भनिन्छ । यो सत्य होइन । सत्य के हो भने हिजोको राज्यले १२ हजार मारेको हो । तर पाँच हजारको जिम्मा मलाई दिनुहुन्छ भने म जिम्मा लिन्छु । राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने यो न्याय हुँदैन ।’
आफूले रेशम चौधरीलाई प्रधानमन्त्रीकै हैसियतमा भारतमा भेटेको र पछि पनि डिल्लीबजार जेलमा भेट्न गएको पनि उनले बताए ।
टीकापुरमा नौ जनाको हत्या भएको घटनामा सांसद चुनिएका रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस