काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको खाका तयार भएको एकजना नेताले जनाएका छन्। माओवादी केन्द्रका नेता जनार्दन शर्माले सोमबार साँझ पार्टी एकता संयोजन समितिको बैठकले उक्त खाका पारित गर्ने बताए।
उनका अनुसार दुई दलका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले पार्टी एकता गर्ने सहमति गरेका हुन्। एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ।
नेता शर्माले केपी शर्मा ओली र प्रचण्ड दुबैजना अध्यक्षको हैसियतमा रहने र पालैपालो बैठकको अध्यक्षता गर्ने जानकारी दिए। उनको भनाइमा सरकारको नेतृत्व पनि पालैपालो गर्ने सहमति भएको प्रष्ट बुझिन्छ। तर त्यसबारे लिखित सहमति हुने-नहुने उनले खुलाएनन्।
अहिले केपी ओलीले नै नेतृत्व गरिरहनु भएको छ। एउटै पार्टी भइसकेपछि निर्णय अनुसार अघि बढ्ने भएकाले भोली आवश्यक पर्यो भने समझदारीमा आलोपालो हुन्छ।
ओली निकट नेताहरु भने सरकारको नेतृत्व आलोपालो गर्ने विषयको विपक्षमा देखिने गरेका छन्। दुबै दलले अंगाल्दै आएका सैद्धान्तिक र बैचारिक विषयमा एकता महाधिवेशनसम्म छलफल गर्ने सहमति भएको उनले बताए।
खासगरी एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा अंगालेको जनताको बहुदलीय जनवाद छाड्न नसकिने अडान लिएपछि एकता प्रक्रिया अवरुद्ध भएको बताइएको थियो। एमालेले माओवाद मान्न अस्वीकार गर्दै आएको छ।
माओवादी नेता शर्माले भने, “माओवादले नेपाली क्रान्ति र परिवर्तनमा गरेको योगदान तथा बहुदलीय जनवादले खेलेको भूमिकाबारे छलफल गर्दै निश्कर्षमा पुग्ने र नयाँ ढंगले विकसित गर्ने सहमति भएको छ।”
पार्टी संरचना र अन्य प्रमुख पदको बाँडफाँटबारे सहमति हुन बाँकी रहेको बिबिसीले जनाएको छ । कार्यदल बनाएर त्यसलाई टुंङग्याइने बताइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस