भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली सञ्चार माध्यमलाई व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक रहेको बताउँदै बंगलादेशको जस्तो पत्रकारीता जस्तै सत्य, तथ्य तथा वास्तविकतामा अडिक, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
भक्तपुरबाट प्रकाशित हुने ‘समय समाज राष्ट्रिय साप्ताहिक’ पत्रिकाको १५औं बर्ष प्रवेश कार्यक्रमका बोल्दै सांसद बस्नेतले बंगलादेशको सञ्चार माध्यम कुनै राजनीतिक दल तथा सरकारको आग्रह तथा पूवाग्रहभन्दा माथि उठि एक ढिक्का रुपमा वास्तविकतामा अडिक रहेर एक उदाहरणीय कार्यको रुपमा रहेको उल्लेल गरे ।
उनले भने , ‘बंगलादेशका पत्रकार यति शक्तिशाली छन् कि उनिहरुले कुनै मन्त्री तथा सरकारलाई ढाल्न चाहे भने तत्काल ढाल्न सक्छन् । सत्य, तथ्य र वास्तविकतामा कसैले प्रश्न गर्न खडा गर्न सक्दैनन् । त्यसैले नेपालको पत्रकारीतालाई स्थायीत्व तथा प्रभावकारी बनाउन सरकारले नियमन गरी व्यवसायीक बनाउनुपर्छ ।’
मिडिया सरकारको प्रतिपक्षी नभई सरकारको सहयात्री, रचनात्मक, सकारात्मक आलोचनात्मक लगायतको हुनु अपरिहार्य रहेको बताउँदै उनले मिडिया जनताको सूचनाको हक पाउने अधिकारको स्थापीत गराउने महत्वपूर्ण माध्यम भएकाले सत्य, तथ्य र वास्तविकता उजागर गर्नुपर्नेमा जोड दिए ।
उनले भने , ‘मिडियाको सकारात्मक कुरालाई विकास गरौं, विकृत कुरालाई अन्त्य गराऔं । पत्रकारीता राज्यप्रति आलोचनात्मक सोचमात्र हैन, समाज तथा मुलुक परिवर्तनको पहरेदारको रुपमा स्थापीत हुनुपर्छ ।’
सरकारले ल्याएको विधेयकका सवालमा कुनै एउटा कोणबाट मात्र हेरी नकरात्मक विश्लेषण गर्नु नहुने बताउँदै उनले विधेयकामा कुनै समस्या भए संसदीय पद्धतिबाट बुँदा बुँदा सच्याउन सकिने स्पष्ट पारे । जनताको भावनालाई सरकारले समेट्न सकेन भने संसदीय पद्धतिबाट समाधान गर्न सकिने प्रावधान हुँदा हुँदै विभिन्न प्रकारले नकरात्मक ढंगले विश्लेषण हुने गरेको गुनासो समेत उहाँले व्यक्त गरे ।
सांसद बस्नेतले पछिल्लो समयमा पत्रकारिता क्षेत्र सशक्त र प्रभावकारी बन्दै आइरहेको बताउदै पत्रकारिता पेशाबाटै पत्रकारहरुको सहज जीवनयापन गर्ने अवस्था बनि नसकेको भन्दै पत्रकारितामा सुधार आवश्यक रहेको बताए ।
सांसद बस्नेतले पत्रकारहरु समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहेकाले पत्रकारहरु व्यवसायीक बन्नुपर्ने र यसका लागि प्रकाशन गृह र सरकारको तर्फबाट पत्रकारहरुलाई व्यवसायीक बनाउने कार्य योजना ल्याउनुपर्ने बताए ।
निर्वाचित जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन थप सुधारको खाँचो रहेको औल्याएका छन् ।
भक्तपुरबाट प्रकाशित हुने समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाको १५औं बर्ष प्रवेश कार्यक्रमका सहभागि जननिर्वाचित प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसदहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायीक, मर्यादित र उत्तरदायि बनाउन सुधारको खाँचो औल्याएका हुन् ।
कार्यक्रममा बागमती प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठले आम सञ्चारका बिभिन्न माध्यमहरुबाट आज सहज रुपमा समाचार र जानकारीहरु तत्काल प्राप्त गर्ने अवस्था बिद्यमान हुँदाहुँदै यसको विश्वशनियतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुन थालेकाले विश्वसनिय पत्रकारिताको विकास गर्नु आवश्यक रहेको औल्याए ।
सो अवसरमा अर्का बागमती प्रदेश सांसद शशिजंग थापाले पत्रकारिता पेशाप्रतिको आकर्षण बढ्दै गइरहेको तर, प्रकाशन गृह र पत्रकारहरु व्यवसायिक बन्न नसक्दा मर्यादित पत्रकारिता थप प्रभावकारी हुन नसकेको बताए । प्रदेश सांसद सरस्वती बाटीले पत्रकारिताले सामाजिक रुपान्तरणमा मात्र नभै एउटा आम मानिसको जीवन रुपान्तरणका लागि समेत भूमिका खेलिरहेका कारण यसको विश्वसनियतामा आँच आउन दिन नहुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीलगायतले आजको युग सुचना, सञ्चार र प्रविधिको युग भएकाले सञ्चार जगतकै माध्यममार्फत आम नागरिक सुसूचित हुने हुनाले पत्रकारितालाई व्यवसायिक, मर्यादित, जवाफदेही र जनउत्तरदायि बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा ‘समय समाज साप्ताहिक’का सम्पादक सोम शर्मा (बजगाईं), अध्यक्ष बालमुकुन्द सुवाल र सञ्चालक राजुराम मुनंकर्मीले पत्रकारिताको व्यवसायिक विकास, मर्यादित, उत्तरदायि र जिम्मेवार पत्रकारिताका लागि समय समाजले भूमिका निर्वाह गरिरहेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस