जनकपुरधाम– हिन्दूधर्मालम्बीहरुले धार्मिक एवं सांंस्कृतिक पर्व ‘मकर सङ्क्रान्ति’ उल्लासमय वातावरणमा मनाइरहेका छन् । यस पर्वमा तिलको विशिष्ठ महत्व रहेको कारण प्राचीन मिथिलामा ‘तिला सङ्क्रान्ति’ र माघ महिनाको पहिलो दिनमा मनाइने गरिएकाले कतिपयले ‘माघे सङक्रान्ति’ पर्व पनि भन्ने गरिन्छ ।
सूर्यदेव, धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्नुका साथै उत्तरायणको गति पनि प्रारम्भ भएको अवसरमा पर्व मनाइने गरिएको हो । सूर्य उत्तरायणमा प्रवेश गरेपछि देउताको बह्म मुहूर्त उपासनाको पुण्यकालको शुभारम्भ हुन्छ । यस कालमा विद्याको प्राप्ति, साधनाको सिद्धिकालका साथै देव प्रतिष्ठापन, गृह निर्माण, यज्ञलगायत धार्मिक कर्महरु गर्न उत्तम समय मानिन्छ । सोही कारणले मकर राशिमा सूर्य प्रवेश गरेको पहिलो दिनलाई ‘विशेष दिन‘ संज्ञा दिँदै खुशीयालीको रुपमा पर्व मनाउने गरिएको हो ।
यस पर्वको अवसरमा पवित्र नदी र तलाउँमा स्नानका गरी खिचडी, अन्न, नयाँ वस्त्र र नगद दान गरेमा पुण्य प्राप्तिका साथै सूर्यदेव प्रसन्न हुने धार्मिक विश्वास रहेको छ । सो धार्मिक महत्वको आधारमा जनकपुरको गङ्गासागर, धनुषसागरलगायत पवित्र जलाशयमा बिहानैदेखि सयौँको सङ्ख्यामा धर्मालम्बीहरु स्नान गरी विभिन्न मन्दिरमा धार्मिक विधिपूर्वक पूजापाठ गरी पर्व मनाइरहेका छन् ।
यस पर्वको पहिचानको रुपमा खिचडी, दाल, तिलको लड्डु र शख्खर रहेको छ । अनिवार्य रुपमा तिलको लड्डुलगायतका परिकार तयार गरिएपनि कतिपय समुदायमा खिचडीको सट्टा दही च्युरा खाने गरिन्छ । यो पर्व उत्साहसँग जोडिएको कारणले आजका दिन चङ्गा उडाउने गरिन्छ । हुन त विगतका वर्षका तुलनामा चङ्गा उडाउने मनोरञ्जनात्मक खेल क्रमिक रुपमा घट्दै गइरहेको देखिन्छ ।
मकर सङ्क्रान्तिमा खिचडीको महत्व
मकर सङ्क्रान्तिका दिन खिचडी खानुको मुख्य कारणको रुपमा ग्रहहरुको स्थितिलाई बलियो बनाउनुरहेको विश्वास गरिन्छ । पौराणिक कथानुसार, खिचडी बनाउने सामग्रीमा चामल चन्द्रमा, कालो दाल शनि, हरियो तरकारी बुध, हल्दी वृहस्पति र नून शुक्र ग्रहको प्रतीक हो ।
यी सामग्रीहरु मिश्रण गरी तयार पारिएको खिचडी खाएमा सबै ग्रहहरु शान्त हुन्छ । घरमा शान्ति र समृद्धि आउने र ग्रहहरु बलियो हुने धार्मिक विश्वास रहेको छ । अर्को कथानुसार, मकर सङ्क्रान्तिका दिन खिचडी खाने परम्परा बाबा गोरखनाथले शुभारम्भ गरिएको उल्लेख गरिएको देखिन्छ । हिन्दू धर्ममा उत्तरायण सूर्यको आफ्नै विशिष्ठ महत्व रहेको छ । यसको महत्व द्वापर युगमा सम्पन्न महाभारत युद्धमा गम्भीर घाइते हुनुभएका भीष्म पितामहको इच्छा मृत्युको समय अवधिसँग जोडिएर देख्न सकिन्छ ।
इच्छा मृत्युको बरदान पाउनु भएका भीष्म पितामह महाभारतको युद्धमा गम्भीर घाइते भई मृत्यु शै्या रहेका उनि सूर्य उत्तरायणमा पुगेपछि माघ अष्टमीको दिन स्वेच्छाले प्राण त्याग गरेका थिए । तसर्थ, हिन्दूधर्ममा सूर्यउत्तरायणको अवधिमा प्राण त्याग हुनु उत्तम मानिएको छ । सोही कारणले आज पितृलाई प्रसन्न गर्न तिल र जलले अघर््य एवं तर्पन गर्ने गरिन्छ ।
आज सन्तानलाई शपथ खुवाइन्छ
मिथिलावासीले आज यस पर्वको अवसरमा आफ्ना सन्तानलाई शपथ खुवाएर पर्व मनाउने गर्छन् । घरमा देवीदेउताको पूजापाठ गरेपछि तिल र शख्खर मिश्रित प्रसाद खुवाउने क्रममा सन्तानसँग बचन लिने गरिन्छ । बुढेसकालमा ‘सेवा गर्ने कि नगर्ने’ भनेर मातापिताले सोध्ने गर्छन् । सन्तानले सेवा गर्ने, आज्ञाको पालना गर्ने बचन दिएपछि सो प्रसाद मातापिताले सन्तानलाई खुवाउने गर्छन् । प्रसाद ग्रहण गरेपछि सन्तानले आमाबुबालाई ढोगेर आर्शीवाद लिने गर्छन् । यसका साथै, आजका दिनमा अर्काको तिल खाएमा उनको सेवा गर्नुपर्ने भनाइका कारण कतिपयले अरुले दिएको तिलको लड्डु नखाने गरेको देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस