वि.सं.२०७६ साल माघ ०१ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी १५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– पंचमी,२२ घडी १३ पला,दिउसो ०३ बजेर ५१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– पूर्वाफाल्गुनी,०६ घडी ५० पला,बिहान ०९ बजेर ४२ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग– शोभन,४५ घडी ३७ पला,रातको ०१ बजेर १३ मिनेट उप्रान्त अतिगण्ड । करण–तैतिल,दिउसो ०३ बजेर ५१ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ४० मिनेट उप्रान्त गर । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–सिंह,दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २६ घडी १६ पला । माघ -मकर संक्रान्ति। माघी पर्व। उत्तरायण आरम्भ। देवघाट, वराहक्षेत्र, शंखमूल आदि तीर्थस्थलहरूमा मकरस्नान। मकरस्नान सुरु। घ्योचाकुसल्हुँ। रिडी रूरूक्षेत्रमा तीनदिने धार्मिक मेला सुरु। लैचस्ह्रे पूजा। छन्त्याल जातिको पर्व। तेह्रथुम गौखुरी मेला।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । व्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ । वादविवाद तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार तथा रोजगारबाट खासै राम्रो उपलब्धि हासिल हुनेछैन । राजनीतिकर्मिहरुले समर्थन भन्दा आलोचना सुन्नुपर्नेछ । आफन्त तथा अग्रजसँग सानो सानो कुरामा बिवाद हुनेछ । घरजग्गा तथा सवारिको साधनको कारोबार गर्दा ध्यान दिनुहोला रुपैया पैसा फस्ने योग रहेकोछ । साझपख समय राम्रो रहेकोले पढाइ लेखाइ राम्रो हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । विलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
छोटो तथा रमाईलो यात्रा हुनेछ । दाजुभाई तथा छिमेकिको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । साझपख आफन्त तथा आमा सँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार बढ्नुको साथै आम्दानिमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो बाताबरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दान दुवै कमाउँन सक्नेछन् । साझपख यात्राको गतिलो योग रहेकोछ भने न्यायिक निर्णय तपाईकै पक्षमा हुनेछन् ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सुचना प्रविधीको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खर्च भावमा गोचर गर्ने चन्द्रमाले व्पापारमा मन्दि आउँने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । नचाहादा नचाहादै कष्टकर यात्रा नहोला भन्न सकिन्न । छात्रछात्राहरुले अध्ययनमा सपलता प्राप्त गर्न निकैनै समय खर्चनु पर्नेछ । तरपनि विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । साझपख बिग्रिएका कामहरु सुचारु हुने तथा माया प्रेममा आत्मीयताको बढोत्तरी हुने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पशुजन्य तथा कृषिजन्य व्यापार व्यावसायबाट मनग्गे धनलाभ हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु गर्न सकिनेछ । अग्रजहरुको धन तथा सम्पतीको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ । बिद्यार्थीहरुका लागि आजको दिन फलदायि रहेकोछ भने प्रेम गर्नेहरुका लागि समयले साथ दिनेछ । साझपख कामको सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुँने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ भने कार्यक्षेत्रमा सबैको मन जित्दै प्रभुत्व जमाउँन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
जिम्मेवारि सफलता पुर्वक वहन गरि छुट्टै पहिचान बनाउँन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्दा गतिमा भएपति अन्तत पार लगाउँन सकिनेछ । साझपख सामाजिक काम गरि नाम कमाउँन सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलव्धि तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । साझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशिलामा यात्रा हुनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिद्या तथा खोजमुलक क्षेत्रमा चासो बढ्नाले भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । व्यापारमाबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । आफन्तबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साझबाट समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुँनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुँनेछ । साझपख समय राम्रो रहेकोले प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । व्यापारमा लगानी बढाई नाँफा कमाउँन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस