काठमाडाैं-आगामी १४ फागनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको तयारीमा लाग्ने निर्णय गर्दैै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू केन्द्रीय कमिटीको दुई दिने बैठक सकिएको छ ।
आइतबार राष्ट्रियसभा गृहमा उद्घाटन भएको वैठक सोमबार त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा समापन भएको हो । पूर्व एमालेनिकट अनेरास्ववियू र पूर्वमाओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारी एकतापछि बनेको अनेरास्ववियूको पहिलो बैठक काठमाडौंमा बसेको हो ।
केन्द्रीय कमिटीमा पूर्वअनेरास्ववियूबाट १ सय ८० जना र पूर्वक्रान्तिकारीबाट १ सय ५५ जना समेटिएका छन् । बैठकले एक महिनाभित्र प्रदेश, जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य भरत घिमिरेले जानकारी दिए ।
उनका अनुसार सोमबारको बैठकमा संयोजक ऐन महरद्वारा प्रस्तुत ३६ पृष्ठको राजनीतिक तथा शैक्षिक प्रतिवेदन र सहसंयोजक रञ्जित तामाङद्वारा प्रस्तुत विधान मस्यौदा सर्वसम्मतिले पारित भएको छ ।
संयोजक महरद्वारा प्रस्तुत प्रतिवेदनमा आगामी फागुन १४ गतेको स्ववियू निर्वाचनमा संगठन सम्पूर्णरुपले होमिने उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस