काठमाडौं-उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नेपाल कम्युनिष्ट पार्टीले राजीनामा गर्न दिएको निर्देशन अवज्ञा गरेपछि अब के हुन्छ भन्ने चासो बढेको छ । तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसद हुँदै उपसभामुख बनेकी थिइन् ।
नेकपाभित्र सभामुखको टुंगो नलागिरहेका बेला पदबाट राजीनामा नदिने उनको अडानले नेकपाभित्र यो विषय थप पेचिलो बनेको छ ।उपसभामुखमा तुम्बाहाङ्फे कायम रहँदा नेकपाले सभामुख पाउने छैन । प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनेगरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने संविधानमा व्यवस्था छ ।
सो व्यवस्थाअनुसार उपसभामुख नेकपाकै मानिने हुँदा सभामुख अर्को दलको भागमा पर्नेछ । उसो त तुम्बाहाङ्फेलाई नै सभामुख बनाउन पनि उनले राजीनामा भने दिनैपर्ने नेकपाका नेताहरु बताउँछन् ।सभामुख नछाड्ने नेकपाको निर्णय र उपसभामुखबाट राजीनामा नगर्ने तुम्बाहाङ्फेको अडानले प्रतिनिधिसभा बैठक थप अन्योलमा परेको छ ।
संसदको बैठक तीनपटक सरिसकेको छ । आइतबार बस्ने भनिएको बैठक सूचना टाँस गरेरै माघ ६ गतेका लागि सारिएको छ ।यसअघि पुस ११ गते र १६ गतेका लागि तय भएको बैठक स्थगन गरिएको थियो । आइतबार बैठक स्थगन गरिएको तेस्रो पटक हो ।
उपसभामुख तुम्बाहाङ्फेले नेकपाभित्र सभामुखका विषयमा सहमति नभएसम्म राजीनामा नदिने पूर्वएमाले स्रोत बताउँछ । पूर्वएमाले सभामुख पूर्वमाओवादीलाई दिने पक्षमा देखिँदैन । पूर्वमाओवादीले पनि सभामुख लिने अड्डी कस्दा सभामुखको विषय झनै पेचिलो बनेको हो ।
उपसभामुख तुम्बाहाङ्फेले महाभियोग लगाए पनि सामना गर्ने चेतावनी दिइसकेकी छन् । उनले भनिन्, “‘सक्छन् भने महाअभियोग लगाउन् । मलाई कुनै चिन्ता छैन ।’’महाभियोगबाहेक उपसभामुख हटाउने अर्को विकल्प पनि नेकपासँग छ । ‘निज प्रतिनिधि सभाको सदस्य नरहेमा’ उपसभामुख पद रिक्त हुने संविधानमा व्यवस्था छ ।
निर्वाचन आयोगलाई दलले समानुपातिक सूचीबाट नाम हटाउन निर्वाचन आयोगलाई पत्र लेख्न सक्छ । संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली भन्छन्, “समानुपातिक सूचीमा रहेको नाम हटाउन दलले निर्वाचन आयोगलाई लेखी पठाउन सक्छ । तर, त्यसरी रिक्त हुने स्थानमा जुन क्लस्टरबाट पहिला पठाइएको थियो त्यही क्लस्टरबाट नाम पठाउनुपर्छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस