इस्लामाबाद-अमेरिकी ड्रोन हमलामा इरानी सेनापति कासिम सुलेमानी मारिएपछि बढ्दो तनाव कम गर्न पाकिस्तानका विदेशमन्त्री आइतबार तेहरानको भ्रमणमा गएका छन्। पाकिस्तानले साउदी अरेबिया र इरानसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने दशकौंसम्मको प्रयास जारी राखेको छ।
इराकमा ६२ वर्षीय जनरलको हवाई आक्रमणमा मृत्युपछि इरानले क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसालेको थियो। जहाजमा सवार १७६ व्यक्तिको मृत्यु भएपछि इरानले गल्ती स्वीकारेको छ। हालै विकास भएका घटनाक्रमले शान्ति र सुरक्षाको अवस्था खतरामा पर्छ र शान्तिपूर्ण समाधानका लागि तत्काल र सामूहिक प्रयासको आवश्यकतालाई जोड दिन्छ-पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
शाह मेहमूद कुरेशीले इरानलाई “राजनीतिक र कूटनीतिक माध्यमबाट मतभेद र विवाद सुल्झाउनका लागि सबै प्रयासलाई समर्थन गर्ने पाकिस्तानको तयारीबारे इरानलाई बताउनेछ“ भनिएको छ। इरानी समकक्षी मोहम्मद जाभेद जारिफलाई भेटेपछि कुरेशीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानसँग वार्ता गर्न जनवरी १३ मा साउदी अरेबिया भ्रमण गर्न लागेका छन्।
पाकिस्तानी विदेशमन्त्रीले तेहरान र रियादको भ्रमणपछि अमेरिका जाने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ। गत वर्ष पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबिया र इरान बिचका प्रतिद्वन्द्वीहरु बीचको सम्बन्ध शान्त पार्ने प्रयास गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस