काठमाडौँ-निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० तोकेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको थियो। शुक्रबार छापावाला सुन प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ३०० मा खरिदबिक्री भएको थियो।
पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ। महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ। पछिल्लो समय विकसित इरान-अमेरिका तनाव, चीन-अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस