लमजुङ-विश्व पर्यटन बजारमा खुम्बुपछि महत्वपूर्ण मानिने अन्नपूर्ण पदमार्गमा आउने पर्यटक घट्दा पदमार्ग आसपासका होटल व्यवसायी मर्कामा परेका छन्। पर्यटक बढी आउने याममा दैनिक तीन/चार सयभन्दा बढी पर्यटक आउने यस पदमार्गमा यतिबेला चिसो बढेसँगै पर्यटक घट्न थालेपछि होटल व्यवसाय मर्कामा परेका हुन्।
अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर पदमार्ग आसपासमा दर्जनौं होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर्कामा परेको पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए। उनले भने,“पर्यटकको चाप हुँदा दैनिक रु ५०/६० हजार आम्दानी हुन्थ्यो, तर अहिले पाँच/दश हजार पनि आम्दानी हुन सकेको छैन।” त्यस्तै, पर्यटन व्यवसायी नरबहादुर गुरुङले भने,“केही समयसम्म पर्यटकलाई खाना खुवाउनदेखि सेवा गर्नका लागि भ्याइनभ्याइ हुन्थ्यो, अहिले पर्यटक नआउँदा फुर्सदिला भएका छौँ, आम्दानी समेत हुन छोडेको छ।”
मनाङका पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार यस जिल्लामा चिसो बढ्दै पर्यटक घट्दै गएपछि अधिकांश होटल बन्द गरेर जिल्ला बाहिर गएका छन्। यतिबेला यस पदमार्गमा दैनिक १५/२० जना पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ।
“भ्रमण वर्ष २०२० मा आउने तथा पदमार्गमा आउने पर्यटक वृद्धि हुने अपेक्षा गरेका छौँ तर चिसोका कारणले पर्यटक कम भएकाले पदमार्गदेखि होटल व्यवसायसमेत सुनसान बनेको छ” एक्याप मनाङका कैलाशबाबु तिवारीले भने। “अत्यधिक चिसो भए पनि हिउँ तथा चिसोमा रमाउने विदेशी पर्यटक भने अलिअलि आइरहेको उनको भनाइ छ।”
पर्यटक हिमाली, पहाड दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, मस्ताङ, कास्की र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस