बेरुत-लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन्। राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ। प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरुले असहमति जनाएका छन्। भ्रष्ट राजनीतिक पार्टीहरुको सहयोगमा उनि प्रधानमन्त्री भएकाले उनलाई अस्विकार गरिएको उनीहरुको भनाई छ।
अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीहरुलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नु परेको आन्दोलनकारीले बताएका छन्।आन्दोलनकारीहरुको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो। प्रदर्शनकारीहरुले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन्। उनीहरुले स्वतन्त्र व्यक्तिहरुको सहभागीता सहिन सरकारको पुनर्गठन गर्न माग गरेका छन्।
देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरु सक्षम रहने आन्दोलनकारीहरुको दाबी रहेको छ। तर नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुदै आएका छन्। उनलाई सघाएका विभिन्न दलहरुको दवावका कारण उनले सरकार पुनर्गठन गर्न नसकेका हुन्। लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ। असफल राजनीतिक नेताहरुका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाई छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस