हेटौंडा- प्रदेश–३ को आज आइतबार बस्ने प्रदेशसभा बैठकले राजधानी हेटौंडा र नाम ‘बागमती’ पारित गर्ने भएको छ।
नेकपा सचिवालयले प्रदेशको राजधानी हेटौंडा र नाम ‘बागमती’ राख्ने निर्णय गरेसँगै हतारहतारमा गत मंगलबार मतदान गर्ने गरी प्रारम्भिक खाका ल्याइएको थियो।
तर, आफ्नै दलका असन्तुष्ट सांसद्का कारण नेकपा निकै अप्ठेरोमा परेको थियो। यसका कारण सचिवालयले नेताहरुलाई काठमाडौंमा बोलाएर पुनः निर्देशन दिनुपरेको थियो।
संसदीय दलको बैठकमा विशेषतः काभ्रेका सांसद्हरुले पार्टी केन्द्रीय नेतृत्वले गलत निर्णय गरेको दाबी गरेका थिए। प्रदेशको स्थायी राजधानी र नामसम्बन्धी प्रस्तावमा शनिबार छलफल भएको थियो।
आइतबार विहान ९ बजे मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइएको छ। प्रदेशको स्थायी राजधानी र नामकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संविधानमा व्यबस्था छ।
प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठका अनुसार आइतबार स्थायी राजधानी र नाम टुंगो लगाउन तयारी छ। प्रस्ताव निर्णयार्थ पेश भएपछि प्रदेशसभा सदस्यले वर्णानुक्रमअनुसार ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने दुई लाइनमा दस्तखतसहित मतविभाजन भई मतपरिणाम घोषणा हुनेछ।
शनिबार प्रदेशको स्थायी राजधानीका लागि हेटौंडा र काभ्रेको धुलिखेल गरी दुई स्थानको प्रस्ताव दर्ता भएका थिए।
प्रदेश राजधानीको स्थान र नामकरणका लागि प्रस्ताव माग गरिएकोमा प्रदेशसभा सचिवालयमा शनिबार हेटौंडा र धुलिखेलको नाम प्रस्ताव दर्ता भएका हुन्।
प्रदेशको राजधानी हेटौंडा र नाम ‘बागमती’ राख्ने नेकपा र कांग्रेससहित ६ दलले प्रदेशसभामा संयुक्त प्रस्ताव दर्ता गरेका हुन्। प्रदेशको स्थायी राजधानीमा हेटौंडाका लागि नेकपा संसदीय दलका नेता एवम् मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक रहेर प्रस्ताव दर्ता गरिएको हो।
प्रस्तावको समर्थकमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी रीना गुरुङ हुनुहुन्छ। नाम र राजधानीबारे नेकपा र कांग्रेस एकै ठाउँमा उभिएका छन्।
विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीकी शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थनमा धुलिखेल राजधानीका लागि प्रस्ताव दर्ता गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस