काठमाडौं – सरकारले प्रतिबन्ध लगाएको कुवेत जान भनी हिँडेका १० महिलालाई नक्कली भिषामा वैदेशिक रोजगार विभागले सक्कली स्टिकर र छाप लगाएको भेटिएको छ। विभागले नक्कली भिषाका आधारमा विभिन्न जिल्लाका १० जना महिलालाई कुवेतका लागि श्रम स्वीकृति दिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फागुन १ मा पक्राउ गरेर अध्यागमन विभागमा बुझाएका १० जना महिलाले बोकेको संस्थागत भिषा नक्कली भएको खुलेको हो। उनीहरुले अध्यागमनलाई छक्याउन बोकेको नक्कली भिषाका आधारमा राहदानीमा विभागले प्रक्रिया पूरा गरेर स्टिकर र छापा लगाएको छ।
विभाग स्रोतका अनुसार महिलाहरुले घरेलु कामदार र कार्यालय सहयोगी (संस्थागत) गरी दुईथान भिषा आफूसँग बोकेका थिए। विभागले उनीहरुको संस्थागत भिषाका आधारमा श्रम अनुमति दिएको अनुसन्धानमा भेटिएको हो।
विमानस्थल अध्यागनमा सेटिङ मिल्दासम्म यस्ता घटना बाहिर अाउँदैनन्। कुवेत हिँडेका महिलालाई अध्यागमनले पक्राउ गरेपछि विभाग र मानव तस्करबीचको मिलमतो बाहिर आएको हो। विभिन्न म्यानपावर कम्पनी तथा व्यक्तिमार्फत कुवेत हिँडेका महिला फरक–फरक जिल्लाका स्थायी बासिन्दा हुन्।
सरकारले कुवेतमा घरेलु कामदार पठाउन प्रतिवन्ध गरेपछि मानव तस्करले नक्कली संस्थागत भिषाका आधारमा श्रम स्वीकृति लिएर घरेलु कामदारमा महिला पठाउन थालेका हुन्। यसमा विमानस्थल प्रहरीको समेत सहयोग हुनसक्ने आशंकामा अनुसन्धान भइ रहेको छ।
विमानस्थलमा रहेको अध्यागमन कार्यालयले शंका लागेर सोधपुछ गर्दा सबैजनालाई मानव तस्करको समूहले घरेलु कामदारका लागि कुवेत पठाउन लागेको खुलेको थियो।
‘नक्कली भिषा सहित पक्राउ परेपछि थप अनुसन्धानका लागि विभागमा पठाएका थियौं, थप अनुसन्धान र कारवाही भै रहेको होला,’ विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले नेपालखबरसँग भने। उनका अनुसार अध्यागमन ऐनअनुसार नक्कली भिषा बरामद भएपछि १० जना महिला उपर अनुसन्धान र कारवाहीका लागि विभाग पठाइएको हो।
फ्लाई दुबईको विमानबाट संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लाग्दा उनीहरु पक्राउ परेका हुन्। विभागले प्रारम्भिक अनुसन्धानपछि वैदेशिक रोजगार विभागसहित अन्य निकायको समेत संलग्नताको आशंकामा घटनाको थप अनुसन्धानका लागि प्रहरीमा पठाउने तयारी गरिरहेको छ। घटनामा संलग्न म्यानपावर सञ्चालक र व्यक्ति पक्राउ गरेर अनुसन्धान अघि बढाउन विभागले प्रहरीमा खबर गरेको छ।
अध्यागमन विभागले मकवानपुरकी हरिमाया मोक्तान, उदयपुरकी नानु सार्की, रसुवाकी टीकामाया तामाङ, कपिलवस्तुकी शान्ता सुनुवार, चितवनकी कुमारी स्याङ्तान, रोल्पाकी हस्तकुमारी पुन, सिन्धुलीकी जानुकाकुमारी स्याङ्तान, मकवानपुरकी फूलमाया ब्लोन, मोरङकी पवित्रा विक र सिन्धुपाल्चोककी विष्णुमाया लामालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस