बागलुङ- गाउँमा सम्भावना देख्ने युवा निकै कम देखिन थालेका छन् । गाउँघरमा रहेका युवा पनि अवसर नभएको भन्दै निराशाबाट ग्रसित छन् तर, दुर्गम गाउँमा यस्ता युवा पनि छन् जो युवाहरूको तीव्र विदेश पलायन देखेर पनि गाउँमै केही गर्ने दृढ अठोटमा छन् ।
तीनैमध्येका एक उदाहरणीय पात्र हुन् बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दम्पती । यो जोडीले गाउँमै करोड लगानी गरेर बाख्रापालन गरेको छ । दुदिलाभाटीका गमबहादुर कुँवर र निरु कुँवर अहिले यस व्यवसायमा लागेर मनग्य आम्दानी गर्न थालेका हुन् । विसं २०७४ देखि पाँच÷छ वटा बाख्राबाट शुरु गरेको व्यवसाय बढेर अहिले १०० को हाराहारीमा पुर्याएका छन् ।
बाउबाजेको पालादेखि नै बाख्रा पाल्दै आएकाले निर्वाहमुखीलाई आफूले व्यावसायिक पेशा बनाएको कुँवर दम्पती बताउँछ । आर्थिक अवस्था कमजोर भएकै कारण कृषि पढेर कोरिया पुगेका गमबहादुरले पाँच वर्ष विदेशमै बिताए । कोरियामा रहँदा सिकेको सीपलाई नेपालमै प्रयोग गर्ने उद्देश्यका साथ नेपाल आएका कुँवर अहिले यस पेशामा नै रमाएका छन् । विदेशमा स्रोत साधनको अभाव भए पनि करोडौँ कमाएको देखेकाले नेपालमा भएका स्रोत साधनको प्रयोग मात्रै गरेको कुँवरले बताए । गाउँमा घर पातलो हुने र जग्गा जमीन धेरै भएपछि पशुपालन गर्न समस्या नहुने भएकाले पनि यस व्यवसायमा लागेको उनले बताए ।
“जागीर खान पनि भौँतारिएँ, पछि विदेश पनि गएँ, त्यहाँ पुगेपछि धेरै देखेँ भोगेँ”, कुँवरले भने, “कृषि पढेकाले जागीरमा भन्दा व्यवसाय गर्न मन लाग्यो, गाउँघरमा घाँसको समस्या छैन, चरन र स्रोत साधनको ठूलो समस्या भएकाले गाउँमै केही उदाहरण देखाउँछु भनेर बाख्रापालनमा लागेको हूँ ।”
अहिले कुँवरको फार्ममा १०० भन्दा बढी बाख्रा छन् । दुई वटा बोयर जातको बोका पनि छन् । एउटा बोकालाई मात्रै चितवनबाट रु दुई लाख ५० हजारमा किनेर ल्याएका कुँवरले स्थानीय खरी जातका बाख्रालाई बोयर क्रस गर उन्नत जातको बाख्रा उत्पादन गर्ने गरेको बताए । उत्पादित बाख्रा एवं मासुको बजारीकरणका लागि कुनै पनि समस्या नभएको कुँवरले बताए । कुँवरकी श्रीमती निरुले पनि उनलाई सघाउँछिन् । “बाख्रा उत्पादन भएपछि यहाँ बजारको पनि समस्या छैन”, निरुले भनिन्, “बरु काम गर्ने जनशक्ति र इच्छाशक्तिको अभाव देखिन्छ ।”
गाउँमा नै कुँवर दम्पतीले छ जनालाई आकर्षक तलबसहित रोजगारी दिएको छ । घाँस काट्ने एवं बाख्राको स्याहारसुसार गर्ने कामदारलाई मात्रै रु २० हजारभन्दा बढी मासिक तलब दिइरेका छन् । कुँवरको फार्ममा काम गर्दै आएका वेदबहादुर भुजेलले आफू यही काम गर्दा सन्तुष्ट रहेको बताउँछन् । “विदेश जान परेको छैन, गाउँमै रोजगारी पाउँदा खुशी छु”, भुजेलले भने, “अर्काको देशमा गाली अपमान सहनुभन्दा गाउँ सेरोफेरोमै यसरी काम गरेर घर परिवारमा दुःख बिरामी पर्दासमेत सहयोग गर्न सकिन्छ, खान बस्नसहित रु २० हजार तलब बुझ्ने गरेको छु ।”
विदेश नभई नेपालमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण अहिले कुँवर दम्पती बनेको छ । यसका लागि गलकोट नगरपालिका–१ दुदिलाभाटीको वडा कार्यालयले पनि विभिन्न समयमा सहयोग गर्दै आएको छ । दुदिलाभाटीका वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले दुदिलाभाटीमा हरेक परिवारले बाख्रापालन गरेकाले हरेक फार्मलाई दर्ता प्रक्रियामा लग्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस