डोटी-डोटीसहित यहाँका अन्य पहाडी तथा हिमाली जिल्लामा परेको हिमपातले अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको छ । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका छन् । तिनै सेताम्मे डाँडा हेर्नकै लागि भए पनि यहाँ दैनिक पर्यटकहरु भित्रिन थालेका छन् ।
हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । जिल्लाको भिग्राना, खप्तड नजिकका डाँडाकाँडालगायत भीमदत्त राजमार्गको साहुँखर्क, गैरा, हगुल्टेलगायतका ठाउँहरुमा दैनिक सयाँै भारतीय तथा आन्तरिक पर्यटकहरु आएर अवलोकन गर्ने तथा हिउँमा रमाइलो गर्न थालेको स्थानीयवासी बताउँछन् ।
हिमपातसँगै डोटीलगायत यहाँका अन्य हिमाली तथा पहाडी जिल्लाका डाँडाकाँडाहरु सेताम्मेसहित मनमोहक भएपछि यहाँका विभिन्न ठाउँहरु आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए |
त्यस्तै जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरु पनि नेपाल भ्रमण वर्ष २०२० मनाउन आउने पर्यटकहरुको पखाइमा रहेका छन् । भ्रमण वर्षमा आउने पर्यटकलाई स्वागत तथा सत्कारका लागि यहाँका पर्यटन व्यवसायी, होटेल व्यवसायी तथा स्थानीय तहहरु बाटो कुरेर बसेका छन् । भ्रमण वर्ष २०२० का लागि डोटी जिल्लाका विभिन्न स्थललाई पर्यटकीय गन्तव्यस्थलको सूचीमा राखिएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड, ऐतिहासिक सांस्कृतिक महत्व बोकेको डोटीको जिल्ला सदरमुकाम सिलगढीस्थित शैलेश्वरी मन्दिर, दिपायलमा रहेको डोटेली राजाको दरबार, बडिकेदार गाउँपालिकामा रहेको बडिकेदार मन्दिर, जोरायल गाउँपालिका–५ मा रहेको निरौली दरबार तथा छतिवनमा रहेको छतिवन ताललाई भ्रमण वर्ष २०२० को गन्तव्यस्थलको सूचीमा राखिएको जिल्ला समन्वय समिति डोटीले जनाएको छ ।
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेका ती स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरिएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले जानकारी दिए । भ्रमण वर्ष २०२० भित्र करिब चार लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएर अघि बढे्को दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताए ।
पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत स्थलहरुमा अहिले दैनिक सरसफाइसँगै ती स्थानसम्म पुग्न सवारीसाधन तथा अन्य आवश्यक सेवासुविधाहरुको व्यवस्थासमेत मिलाउन थालिएको जिल्ला समन्वय समितिका संयोजक ऐरको भनाइ छ ।
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन डोटीका प्रमुख पर्यटकीय क्षेत्रहरुको देश र विदेशमा चिनाउने गरी प्रचारप्रसारलाई तीव्रता दिइएको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
भ्रमण वर्षमा दिपायल सिलगढी नगरपालिकाले शिखर नगरपालिकाको गहनानदेखि दिपायल सिलगढी नगरपालिका नारिदाङसम्म जलयात्रा (¥याफ्टिङ) को आयोजना गर्ने भएको छ । भ्रमण वर्षमा आएका पाहुनाहरुलाई जलयात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त जलयात्राको शुरुआत गरेको हो ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटक भित्र्याउनका लागि सम्पूर्ण सडकको स्तरोन्नति गरिन थालिएको छ । सिलगढीदेखि झिग्रानासम्मको सडक कालोपत्रको काम तीव्र गतिमा जारी रहेको छ । भ्रमण वर्षमा आउने पर्यटक तथा पाहुनालाई गुणस्तरीय बास तथा व्यवस्थापन गर्नका लागि होटेल तथा रेष्टुराँ व्यवसायी रातदिन खटेर लाग्न थालेको होटेल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रविक्रम शाहीले जानकारी दिए ।
बडिकेदार र शैलेश्वरी मन्दिरको दर्शन तथा पूजा गरेमा चिताएको वर मिल्छ भन्ने मान्यताअनुसार दैनिक सयौँ भक्तजन आउने गरेकोसमेत पुजारी भट्ट बताउनुहुन्छ । प्रदेश सरकारले भ्रमण वर्षका लागि लक्षित गरी कुनै ठोस कार्यक्रम यहाँ तय नगरे पनि निजी क्षेत्रका व्यापारी भने आफ्नै लगानीमा भ्रमण वर्ष सफल पार्न अग्रसर रहेको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भन्नुभयो, ‘सरकारले कार्यक्रम तय गरेन भनेर चुप लाग्नुभन्दा हामीले आफ्नो क्षेत्रबाट के गर्न सक्छौँ भनेर सबैले लाग्नुपर्ने अवस्था छ, हामी आफ्नै लगानीमा भ्रमण वर्ष सफल पारेरै छोड्छौँ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस