काठमाडौं – वैदेशिक रोजगार विभागले ३ महिनायता म्यानपावर व्यवसायीको अनुगमन गरेको छैन । म्यानपावर व्यवसायीले १० हजार रुपैयाँको रसिद दिएर १ लाखभन्दा बढी रकम लिई कामदारमाथि आर्थिक शोषण गरिरहे पनि विभाग भने जनशक्ति अभाव भन्दै मौन छ ।
तत्कालीन महानिर्देशक विश्वराज पाण्डेलाई भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि विभागले म्यानपावर व्यवसायीमाथिको अनुगमन गर्न कर्मचारी परिचालन गरेको छैन ।
विभागका प्रवक्ता मोहनकृष्ण सापकोटाका अनुसार कर्मचारी अभावले अनुगमन र अनुसन्धानमा बाधा पुगेको हो ।
ठगी गर्ने म्यानपावरको काम रोक्का
वैदेशिक रोजगार विभागले कामदारसँग आर्थिक शोषण गर्ने र श्रम सम्झौताअनुसार काम, सेवा सुविधा नदिने १५ म्यानपावरको काम रोक्का गरेको छ ।
अलजाफर इन्टरनेसनल, क्यापिटल रिक्रुटमेन्ट, डिजाइन इम्प्लोइमेन्ट सर्भिस, जीएस इम्प्लोइमेन्ट, इनोभेसन सर्भिस, खालिद इन्टरनेसनल, लिंकस्टार म्यानपावर, पान्डोरा इन्कोरपोरेसन, पाथ इन्टरनेसनल, फिसल्याडर, रेड एन्ड ब्लु रिक्रुटमेन्ट, रेसुङ्गा इन्टरनेसनल, रिजा ओभरसिज र सिग्मा इन्टरनेसनलको कामकारबाही रोक्का गरिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस