काठमाडौं – कुनै पनि सङ्क्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा व्यवस्थित हुनुपर्छ । तर उपत्यकाका सरकारी अस्पतालमा गएर शौच गर्न जाने नै निराश हुन्छन् ।
कतिपय सरकारी अस्पताल यति दुर्गन्धित र फोहोर हुन्छन्, त्यहाँ जाँदा नाक थुन्नुपर्छ । शौचालयमा कतै पानी छैन, कतै चुकुल छैन, बत्तीको व्यवस्था छैन । कतिपय अस्पतालका शौचालयमा प्लास्टिक, पानीका बोतल, खैनी, सुर्ती र चुरोटका खोल र अन्य फोहोरले भरिएका छन् । अस्पतालको शौचालयभित्र पस्दा शौच होइन, वान्ता आउने खालका छन् । अस्पताल आउने सेवाग्राही भन्छन्, ‘‘शौचालय त कन्तविजोगै देखियो ।’’
नेपालकै सबैभन्दा पुरानो र सरकारको प्राथमिकतामा परेको अस्पताल हो महाबौद्धस्थित वीर अस्पताल । वीरमा देशभरिबाट दैनिक दुई हजार पाँच सय बिरामी उपचारका लागि आउने गर्छन् । तर सरकारको सबैभन्दा जेठो र प्राथमिकतामा रहेको यही वीर अस्पतालमै शौचालयको अवस्था नाजुक छ ।
वीर अस्पतालमा रहेका शौचालयमा गएर दिसा वा पिसाब गर्न सक्ने अवस्था छैन । विगतमा पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री हुँदा वीर अस्पतालको शौचालयबाट सरकारी अस्पतालको सुधार अभियान थाल्नुभएको थियो । तर अहिले त्यही वीर अस्पतालमा रहेको शौचालयमा गएर दिसा, पिसाब गर्न सक्ने अवस्था छैन ।
वीर अस्पताल सरकारको सबैभन्दा ठूलो अस्पताल हो । प्रतिनिधिका रूपमा वीरलाई लिन सकिन्छ । तर वीरजस्तै अन्य सरकारी अस्पतालको दुर्दशा यस्तै छ । नरदेवीस्थित आयुर्वेदिक अस्पतालको शौचालय पनि त्यस्तै दुर्गन्धित छ । त्यहाँ पनि दिसा, सिसाका टुक्रा, प्लास्टिक रहेकाले शौच गर्न सक्ने स्थिति छैन । शौचालयमा पानी आउँदैन ।
गोरखापत्र दैनिकले लेखेको खबर अनुसार, भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा रहेको शौचालयको अवस्था पनि त्यस्तै हो । त्यहाँ फोहोरको डङ्गुर छ । शौचालयमा दुर्गन्ध फैलिएको छ । पान, पराग, खैनी, सुर्तीका टुक्राहरू भेटिन्छन् । कहिल्यै पनि सफा हुँदैन ।
कान्ति बाल अस्पतालको शौचालय पनि फोहोरले भरिएको छ । शौच गर्न नगइनहुने व्यक्ति मात्र कान्ति अस्पतालको शौचालयमा पस्ने गर्छन् । कान्तिको शौचालय देख्दैमा घिन लागेर आउने खालको छ । नाक थुनेर पिसाब फेर्नुपर्ने अवस्था छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका सबै शौचालय दुर्गन्धित छन् । गन्हाएर शौच गर्ने अवधिसम्म पनि बस्न सकिँदैन । बालरोग विभाग छेउमा रहेको शौचालयमा शौच गर्न जाने हो भने पिसाबको एक र दिसाको दुई रुपियाँ लिइन्छ । खुद्रा पैसा छैन भन्दै पाँच रुपियाँ लिने गर्छन् । त्यो पाँच रुपियाँले एक दिनभरि पिसाब गर्न आउनुस् न भन्दै पठाइन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अस्पताल सुधार गर्न सबैभन्दा पहिले शौचालयमा सुधार गर्नुपर्ने बताए ।
यसअघि तत्कालीन राज्यमन्त्री अर्यालले वीर अस्पतालको शौचालयबाट अस्पताल सुधारको प्रयास गरेका थिए ।
पछि मन्त्री फेरिएसँंगै सरसफाइमा ध्यान दिइएन । शौचालय सफा गर्नुपर्छ भन्दै मन्त्री हिँड्नु विडम्बनाको विषय भएको शिक्षण अस्पतालमा उपचार गर्न आउनु भएको जानकी नेम्वाङ बताउछन् ।
वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी भने शौचालयजस्तो विषयमा आफूले हेर्न नभ्याएको बताउछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस