काठमाडौं – साहुकार यादव र रौनियारविरुद्ध उजुरी दिन शुक्रबार मात्रै दुई सय पीडित जिल्ला प्रहरी कार्यालय सर्लाही पुगे, तर वकिलले जाहेरी लेख्न नमानेपछि निराश हुँदै घर फर्किए ।
राजपाका केन्द्रीय सदस्य तथा खुंखार साहुकार रामबाबु राय यादव र तत्कालीन नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार सञ्जय रौनियारबाट चरम शोषणमा परेका सर्लाही र आसपासका पीडितहरूले प्रहरीमा जाहेरी लेखिदिने वकिलसमेत पाएका छैनन् ।
यादव पक्राउ परेपछि पीडितहरू न्याय पाउने आससहित उजुरी दिन मलंगवास्थित जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । तर, सर्लाहीका वकिलहरू यादव र रौनियारविरुद्ध पीडितको उजुरी लेखिदिन तयार छैनन्, बहाना बनाएर पन्छिरहेका छन् ।
‘हामीले जिल्लाका धेरै वकिलसँग सम्पर्क गर्यौँ । कसैले व्यस्त छु भ्याउँदिनँ भन्नुहुन्छ । कोही भने बुढो भइयो, सल्लाह सुझाबसम्म दिन सकिन्छ, लेख्न त गाह्रो हुन्छ भन्नुहुन्छ,’ सर्लाहीका पीडित रवीन्द्र कुशवाहले भने, ‘जाहेरी लेखाउने वकिल नपाउँदा प्रहरीमा उजुरी दर्ता हुन सकेको छैन ।’ बिहीबार जिल्ला प्रहरी कार्यालयबाट घर फर्काइएका पीडितहरू शुक्रबार पनि उजुरी दर्ता नभएपछि निराश भएर फर्किएका छन् ।
लाख ऋण दिएर करोडको कपाली तमसुक बनाउँदै ऋणीको जग्गा आफ्नो नाममा गराउने यादव र रौनियार विरुद्ध जाहेरी दिन शुक्रबार दुई सय १० पीडित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । रामबाबुपीडित एक सय ५० र सञ्जयपीडित ६० जना थिए ।
अर्का पीडित रामबहादुर घिसिङले पनि जाहेरी लेखिदिने वकिल नपाउँदा उजुरी दर्ता गर्न नपाएको बताए । ‘साहुकारविरुद्ध जाहेरी लेखिदिनुपर्यो भन्दा कतिपय वकिलले कानुनी व्यवसाय नै छाडिसकेको जवाफ दिनुहुन्छ,’ उनले भने, ‘प्रहरी प्रशासनबाट सहयोग भए पनि वकिल नपाउँदा समस्यामा परेका छौँ ।’
बिहीबार प्रहरीले वकिलबाट जाहेरी लेखाई प्रक्रिया पुर्याएर आउन पीडितहरूलाई भनेको थियो । जाहेरीमा वकिलको नाम र दर्ता नम्बरसमेत उल्लेख गर्नुपर्छ । नाम र दर्ता नम्बर सार्वजनिक हुँदा साहुकारको निशानामा पर्ने डरले वकिलहरू हच्किएका हुन् ।
केही पीडितले बार एसोसिएसन सर्लाहीका अध्यक्ष दिलीप झालाई नै उजुरी लेखिदिन अनुरोध गरेका थिए ।
तर, उनले पनि व्यस्त भएकाले लेख्न नभ्याउने भन्दै पन्छिएका थिए । तर, आफूले पीडितलाई पछि आउन भने पनि दोस्रोपटक फोन नआएको झाले नयाँ पत्रिकासँग बताएका छन् । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस