हेटौँडा – नेकपाको निर्णय कुरेर बसिरहेको नेपाली कांग्रेसलाई राजधानीको विषयमा कुरा टुङ्ग्याउन हम्मेहम्मे परिरहेको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बहादुर वानियाँले नेकपाको निर्णय प्रक्रिया गलत भएता पनि निर्णय स्वागत योग्य रहेको बताइका छन्।
प्रदेश-३ नेपाली कांग्रेस संसदीय दलको बैठक हेटौंडाको भर्खर सुरु भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षमा बसिरहेको बैठकले प्रदेश-३ को राजधानी र यसको नामकरणको विषयमा के गर्ने भन्नेबारे शुक्रबार रातिसम्म अन्तिम निर्णय गर्नेछ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाको समयमा अस्थायी राजधानी तोक्ने क्रममा प्रदेश-३ को राजधानी हेटौँडा तोकिएकोले कांग्रेसका १२ भन्दा बढी सांसद हेटौंडाको पक्षमा रहेको एक सांसदले बताए।
कांग्रेसभित्र भक्तपुर, काभ्रे र नुवाकोटको लागि पनि आवाज उठिरहेको छ। हेटौँडालाई स्थायी राजधानी र यसको नामकरणको निम्ति बारम्बार नेपाली कांग्रेसका तर्फबाट नेता बानियाँले संसद र बाहिरसमेत दबाब दिँदै आएका छन्। नेता बानियाँलाई आफ्नै सांसदले ह्पि जारी नगर्न संसदबाट नै आग्रह गरिरहेका छन्। प्रदेश-३ मा नेपाली कांग्रेसको २२ मत छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस