काठमाण्डौ । युनिर्भसल पीस फेडेरेसन नेपालको निमन्त्रणमा अन्तराष्ट्रिय बुद्ध शिक्षा केन्द्र म्यानमारका प्रमुख राष्ट्रिय भिक्षु डा. सोमिताको नेतृतवमा २१ सदस्सीय टोली नेपाल आईपुगेको छ । शुक्रबार युनिर्भसल पीस फडेरेसनले नक्सालमा एक कार्यक्रम गरी उनीहरुलाई स्वागत गरेको छ । कार्यक्रम पछि बोल्दै राष्ट्रिय भिक्षु डा. सोमिताले नेपाल र म्यानमारको सम्बन्धलाई जनस्तरबाटै राम्रो बनाउँदै बिश्व शान्ति स्थापनाको लागि सगै अगाडि बढ्नुपर्नेमा बताए ।
दूई देशको सम्बन्भ महत्वपूर्ण रहेको बताउदै डा. सोमिता गौतम बुद्धको जन्मस्थल लुम्बनीको भ्रमण गर्ने र नेपाल शान्ति भूमि रहेको म्यानमार भर प्रचार गर्ने बताए ।
सो अवसरमा संबिधान सभा सदस्य मिलन कुमारी राजबंशी, शान्ति र बिकासका लागि अन्तरधार्मिक संघ नेपालका अध्यक्ष एवम् त्रि.बीको बुद्धिष्ट अध्यापन केन्द्रका पूर्व अध्यक्ष प्रा.डा. मिलन रत्न शाक्य, तङ ईल मोदो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल, बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा शाक्य फाउन्डेसनका कोषाध्यक्ष राजकाजी शाक्य लगायतले अन्तरधार्मिक समन्वयबाट मात्र बिश्वमा शान्ति कार्यम गर्न सकिने बताए । नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउन आफ्नो संस्थाले उनीहरुलाई निमन्त्रण गरेकोे महासचिव बिनोद डाँगीले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस