काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगर कमिटीले संसदीय दलको नेतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जिम्मेवारी दिएको छ।
पार्टी विधानअनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्थाअनुसार कमिटीको उपनेतामा वडा नं ३ का अध्यक्ष दीपक केसी, प्रमुख सचेतकमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल र सचेतकमा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीलाई जिम्मेवारी दिइएको हो। नेकपाले आगामी दिनमा २७ सदस्यीय नयाँ समिति (बोर्ड) गठन गर्ने छ।
कमिटीका इन्चार्ज जीवनराम श्रेष्ठले महानगर कमिटी आफै जिल्ला कमिटी भएकाले स्थानीय सरकारलाई जनउत्तरदायी बनाई सुशासन कायम गर्न उक्त दल गठन गरिएको बताए। निर्वाचन क्षेत्र नं ८ का सांसदसमेत रहेका श्रेष्ठले महानगरको विकास तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन यो नेतृत्वले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
नेपाल ओलम्पिक कमिटीका अध्यक्षको जिम्मेवारीमा समेत रहेका श्रेष्ठले महानगर विभिन्न कला, संस्कृति र सम्पदाले भरिएकाले पर्यटकलाई आकर्षित गर्न सकेमा सरकारले हालै प्रारम्भ गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस