काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रमुख मुद्दामा सहमति जुटाउन सकस परिरहेकै बेला बहुमत सचिवालय सदस्यहरूले छुट्टै भेला गरेका छन् । नेकपामा सभामुख उम्मेदवार, अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालगायत मुद्दामा किचलो भए पनि शीर्ष नेताहरूको छुट्टै भेलाले झन् समस्या बढाएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावलले छुट्टै भेला गरेका हुन् ।
नेकपा सचिवालयका एक सदस्यका अनुसार सभामुखको उम्मेदवार, एमसीसी सम्झौताबारे अहिले पार्टीले कुनै निर्णय गर्न नसकेको बेला गौतम निवासमा बुधबार भएको छुट्टैै छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ ।
प्र्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा देखिएको गुटगत किचलो नेकपामा पनि देखिएको बताउँदै उनले समस्याको समाधानभन्दा समस्या झन् बल्झाउने काम भइरहेको बताए । बैठकमा छलफल गर्नुको साटो छुट्टैै बैठक गरेर अगाडि बढ्दा पार्टीलाई नै नोक्सान पुग्ने निष्कर्ष ती सदस्यको छ ।
नेकपाभित्र सभामुखको उम्मेदवार र एमसीसी सम्झौतालाई लिएर तीव्र विवाद छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच यी विषयमा सहमति जुट्न सकेको छैन ।
राजधानी दैनिकका अनुसार, ओली र दाहालबीच पटक–पटक छलफल भए पनि कुनै टुंगो लाग्न नसक्दा झन् समस्या बढ्दै गएको छ । मुख्य विषयमा देखिएको समस्या समाधानका लागि छलफलमा नेताहरू जुटेको बताइएको छ । तर, समस्या समाधानभन्दा बल्झाउने काम भइरहेको बुझाइ अर्का थरी नेताको छ ।
नेकपामा नौ सदस्यीय सचिवालय छ । तर, गौतम निवासमा भएको छलफलमा ओली, सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल सहभागी भएनन् । सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन् ।
गौतम निवासमा भएको बैठकमा सचिवालयका बहुमत सदस्य सहभागी थिए । नौमध्ये पाँच जना सचिवालय सदस्य सहभागी थिए । स्थायी कमिटीबाट रावल मात्रै सहभागी थिए । ओली समूहबाहेकका नेताहरूको छुट्टैै बैठकले प्रधानमन्त्री सशंकित भएका छन् ।
नेकपा स्रोतका अनुसार तत्कालीन माओवादी केन्द्रबाट सभामुख भएका कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि रिक्त सो पदमा तत्कालीन माओवादीकै नेता हुनुपर्ने दाहालको प्रस्ताव ओलीले अस्वीकार गरेपछि सहमति खोज्न छुट्टैै बैठक बसेको बुझिएको छ ।
तर, एमसीसी सम्झौता महराकै कारण संसद्बाट पारित नभएकाले रिक्त सभामुख पदमा तत्कालीन एमालेका नेता हुनुपर्ने अडानमा प्रधानमन्त्री ओली छन् । अर्को तर्फ ओली निकटका नेता एमसीसी सम्झौता संसद्बाट पारित हुनुपर्ने र दाहाल निकटका नेता पारित नगर्ने पक्षमा छन् । वरिष्ठ नेता नेपाल पक्षका नेताले एमसीसी सम्झौताको विरोध गर्दै आएका छन् । उनीहरूले सम्झौताको सर्तमा परिमार्जनसहित पारित हुनुपर्ने मत व्यक्त गरेका छन् ।
हालै सम्पन्न नेकपाको सचिवालय बैठकमा समेत एमसीसी सम्झौताको विषयमा विवाद भएपछि निर्णय गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको थियो । तर, शीर्ष नेताकै बीचमा सहमति जुट्न नसक्दा सचिवालय बैठकमा समेत एमसीसी सम्झौता र सभामुख उम्मेदवारबारे निर्णय भएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस