काठमाडौं – ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ ।
प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार ज्येष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि नभएमा संरक्षण र आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय तहको हुने छ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन विधेयक समितिबाट पारित भएको हो ।
समितिबाट पारित भएको विधेयक अब प्रतिनिधि सभामा पेस हुने छ । प्रतिनिधिसभाले पारित गरेपछि सोको जानकारी पुनः राष्ट्रिय सभामा पठाइने छ । जानकारीमा राष्ट्रिय सभाले चित्त बुझाएमा प्रमाणीकरणको प्रक्रिया अघि बढ्ने छ ।
समितिबाट पारित विधेयकअनुसार ज्येष्ठ नागरिकलाई कति रकम हकवालाले दिने र कुन अवस्थामा दिने कार्यविधि तोक्ने स्वविवेकीय अधिकार स्थानीय तहलाई नै छाडिएको छ । स्थानीय तहको सम्बन्धित वडाको वडाध्यक्षले सन्तान तथा हकवालालाई रकम जम्मा गर्न लगाउन सक्ने व्यवस्था पारित प्रतिवेदनमा उल्लेख छ ।
महिला तथा सामाजिक समितिबाट पारित विधेयकको प्रतिवेदनमा भनिएको छ,
“स्थानीय तहले ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या देखेमा निजका सन्तान वा नजिकको हकवालाको आर्थिक आम्दानी वा हैसियत वा उपार्जनका अवस्था पहिचान गरी निश्चित रकम मासिक रूपमा सम्बन्धित ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न लगाउनुपर्ने छ । तर, तोकिएको न्यूनतम आम्दानी नभएका व्यक्तिको हकमा भने ज्येष्ठ नागरिकको न्यूनतम आवश्यकता पूरा गर्नु स्थानीय तहको दायित्व हुने छ । ”
पारित प्रतिवेदनअनुसार आमाबाबु सगोलमा रहेको वा कानुनबमोजिम छुट्टिएको अवस्थामा समेत रकम जम्मा गर्नुपर्ने छ । सगोलमा रहेको अवस्थामा संयुक्त खातामा उक्त रकम जम्मा गर्नुपर्ने छ ।
फरक फरक बसेको अवस्थामा हेरचाह गर्नुपर्ने बाबु वा आमाको खातामा रकम जम्मा गर्नुपर्ने छ । प्रतिवेदनअनुसार पारिश्रमिक तथा निवृत्तिभरण पाइरहेका, स्वरोजगार रहेका, व्यापार व्यवसायमा संलग्न रही तोकिएभन्दा बढी आय भएका आमाबाबुलाई सन्तान र हकवालाले रकम दिन बाध्य नहुने व्यवस्था छ ।
हकवाला र सन्तानले आमाबाबुलाई स्थानीय तहले तोकेबमोजिमको रकम बुझाएपछि सोको जानकारी सम्बन्धित स्थानीय तह र कार्यरत कार्यालयमा पनि पेस गर्नुपर्ने छ । ३५ दिनभित्र यस्तो जानकारी दुवै निकायलाई दिनुपर्ने छ । वार्षिक रूपमा पनि सम्बन्धित स्थानीय तहमा रकम उपलब्ध गराएको जानकारी पेस गर्नुपर्ने व्यवस्था प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय तहको निर्देशनअनुसार सन्तान वा हकवालाले रकम जम्मा नगरेमा स्थानीय तहमा निवेदन दिन सकिने छ । सन्तान वा हकवाला कार्यरत निकायमा पनि निवेदन दिनसक्ने विकल्प विधेयकले खुला गरेको छ । गोरखापत्र दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस