काठमाडौं-सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको आजको राजधानी दैनिकले समाचार छापेको छ |
कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । मुख्यतः र्आइसीयूमा शैयाको अभाव खड्किने गरेको छ । अस्पतालहरुले समेत बिरामीमैत्री वातावरण सिर्जना नगर्दा बिरामीहरु अलमलमा पर्दै निजी अस्पतालमा धाउन बाध्य हुने गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर दुई सय २१ अस्पताल र १६ केन्द्रीय अस्पताल छन् । अहिले देशभरका सरकारी अस्पतालको शैयाको संख्या ६ हजार बढी रहेको छ ।
अस्पतालहरुले आफूले प्रदान गर्ने सेवाको शुल्कसम्बन्धी मापदण्ड निर्धारण गरेका छैनन् भने केन्द्रीय अस्पतालले शैया शुल्क समेत लिने गरेको पाइएको छ । केही अस्पतालमा शैया पाउन सोर्स समेत लगाउनुपर्ने बाध्यता छ । एक अस्पतालका अधिकारीले भने, ‘मलाई शैया चाहियो भनेर सोर्स लगाए । तर, हामीले त्यसो गर्न मानेनौं ।’
सरकारी अस्पतालले आईसीयूको शुल्क प्रतिदिन १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिँदै आएका छन् । यस्तै निजी अस्पतालले ८ हजार ५०० देखि २१ हजारसम्म लिने गरेको देखिन्छ । अस्पतालहरुले प्रदान गर्ने सेवाको सुविधा र शुल्कसम्बन्धी मापदण्ड निर्धारण नहुँदा हचुवाको भरमा बिरामीले शुल्क तिर्नसपर्ने बाध्यता छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले मुख्यतः आईसीयूमा समस्या रहको बताए । उनले भने, ‘जिल्लाका साविक अस्पतालको स्तरोन्नत्ति गर्ने काम भइरहेको छ । आईसीयूमा समस्या देखिएको यथार्थ हो ।’
देशकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार आठ सय बिरामी आउने गरेका छन् । जसमा चार सय ६० वटा बेड रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस