काठमाडौं – फोनसेट तातेर आगो लाग्ने समस्यासँगै ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गर्दा अर्बौँको घाटा बेहोरेको सामसुङको घाउमा अझै घाटा बसिसकेको छैन । अब यहीँ समस्याले उसको प्रतिद्धन्दी कम्पनी एप्पललाई समेत सताउने देखिएको छ । एप्पललको आइफोन सेभेन प्लसमा आगो लागेको खबर सार्वजनिक भएको छ ।
गिज्मोचाइना वेबसाइटका अनुसार दक्षिणपश्चिम चीनको युनान प्रान्तमा एक प्रयोगकर्ताले प्रयोग गरिरहेको आइफोन सेभेन प्लस आगो लागेर ध्वस्त भएको छ ।
वेबसाइटका अनुसार प्रयोगकर्ताको हातबाट आइफोन भुइँमा खसेपछि फोनमा कम्पन सुरु भयो र तिव्र रुपमा धुवाँ निस्कियो । अन्तिममा फोन पड्किएर त्यसको डिस्प्ले टुक्रिँदै छुट्टिएको छ । तस्वीर हेर्दा आइफोन कामै नलाग्ने गरी ध्वस्त भएको छ । गत महिना मात्र प्रयोगकर्ताले उक्त आइफोन खरीद गरेको बताइएको छ ।
यो समाचारको बारेमा एप्पलले भने कुनै प्रतिक्रिया दिएको छैन । यदि यो घटना सत्य सावित भएमा सन् २०१६ मा आइफोनमा आगो लागेको यो चौथो घटना हुनेछ ।
गत अगष्ट महिनामा अस्ट्रेलियामा पनि एक प्रयोगकर्ता मोटरसाइकलबाट लडेसँगै उनको गोजीमा रहेको आइफोन पड्किएको थियो । एक प्रयोगकर्ताले भिडियो खिच्दै गर्दा आइफोनमा आगो लागेको घटना पनि सार्वजनिक भएको थियो । त्यस्तै गत महिना अस्ट्रेलियामै कपडामा बेरेर कारको पछाडिपट्टि समुद्री किनारामा राखिएको आइफोन तातोका कारण विस्फोट भएसँगै कार समेत आगो लागेर ध्वस्त भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस