काठमाडौँ-भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताए।
राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७ औँं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले उद्यमशीलता, व्यवसायिकतामा जानुपर्ने बताए ।
राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उहाँले एक सहकारी एक रोजगारी अनिवार्य रूपमा लागू गरेर जानुपर्ने बताए।
राज्यले सन् २०३० सम्ममा गरीबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरीबी न्यून गर्न सहकारीले भूमिका खेल्नुपर्ने धारणा राखे ।
बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या अत्यधिक बढी भएकाले संस्थाको सङ्ख्या बढाउनेतिर भन्दा कार्यक्षेत्र विस्तार गर्ने
अभियान लाग्नुपर्ने मन्त्री अर्यालको भनाइ थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न सहकारी महत्वपूर्ण क्षेत्र भएकाले गरीबीमुखी कार्यक्रम, योजना बनाएर अगाडि बढ्न जरुरी हुने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस