दमौली-सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन्। स्वदेशी तथा विदेशी गरी एक लाख २० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेको बन्दीपुर पर्यटन विकास समितिले जानकारी दिएको छ। बन्दीपुर भ्रमण गर्नेमध्ये ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत विदेशी पर्यटक रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिए। उनका अनुसार यस अवधिमा ९० हजार स्वदेशी र ३० हजार विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। गत वर्ष पनि यही हाराहारीमै स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुर पुगेको समितिले जनाएको छ।
विसं २०७२ को भूकम्पपछि प्रत्येक वर्ष बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। “भूकम्प गएको केही समय बन्दीपुर सुनसानजस्तै बन्यो, पर्यटकको चाप निकै कम थियो”, उनले भनेने, “अहिले बन्दीपुरमा पर्यटकको चाप राम्रो छ।” बन्दीपुरमा अमेरिका, थाइल्याण्ड, चीन, भारत, कोरिया र युरोपेली मुलुकका धेरै पर्यटक आउने गरेका छन्। बेमौसममा बन्दीपुरमा चिनियाँ पर्यटक अत्यधिक रहने गरेका छन् । बास नबसे पनि भ्रमणका लागि मात्रै आउने पर्यटकमध्ये चिनियाँ पर्यटक बढी रहने गुरुङले जानकारी दिए। हाल बन्दीपुरमा दैनिक ५०० भन्दा बढी पर्यटक भ्रमणका लागि आउने गरेका छन्।
बन्दीपुरमा स्वदेशी तथा पर्यटकको आगमन बढ्न थालेपछि व्यवसायीले सुविधासम्पन्न होटल खोल्ने क्रम वृद्धि भएको छ। होटल व्यवसायीसमेत रहनुभएका पर्यटन विकास समितिका अध्यक्ष गुरुङले हालै मात्र रु आठ करोडको लगानीमा होटल दरबार हिमालय सञ्चालनमा ल्याएका छन्। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी हाल बन्दीपुरमा ९/१० ओटा होटल निर्माणाधीन अवस्थामा रहेको छ। नेपाल भ्रमण वर्ष २०२० मा बन्दीपुरमा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँघर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत साना ठूला गरी ५७ होटल तथा २२ घरवास सञ्चालनमा छ। ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन्।
बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय एवं ऐतिहासिकस्थलका बारेमा जानकारी दिने गरिएको छ। बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घरहरु भएकाले पनि विदेशीहरु आकर्षित हुने गरेका छन्। बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धवलागिरि लगायतका हिमशृङ्खला देखिन्छ। भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ।
कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ।
बन्दीपुर घुम्न निम्तो
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बन्दीपुर गाउँपालिका, पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घले बन्दीपुर घुम्न निम्तो दिन देशका प्रमुख शहरमा कार्यक्रम गर्ने योजना बनाएको छ। नेपाल भ्रमण वर्ष २०२० मा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनासहित देशका प्रमुख शहरमा माघ महिनामा कार्यक्रम गरी बन्दीपुर घुम्न निम्तो दिइने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस