बाँके-भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन्। लुम्बिनी प्रदेशको एकमात्र सङ्घीय अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएकोछ।
दैनिक एक हजारको हाराहारीमा बिरामी सेवा लिन अस्पताल आउने गरेको अस्पतालले जनाएको छ। सेवा लिन भेटिएका अधिकांश बिरामी र उनीहरुका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन्। बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले उत्तर दिन झर्को मान्ने गुनासो अस्पतालमा सुनिदै आइएको छ। अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चोहेका औषधि पाईदैन। यसैगरी प्रयोगशाला परीक्षण गर्न निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीमा रहेको छ।
शौचालयको दुर्गन्धले अस्पतालमा बसिसक्नु छैन। अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले भने, “अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको छ।” अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन्। चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन्।अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको शैयामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउण्ड) गर्ने गरेको बिरामीको गुनासो छ।
उपकरण प्रयोगमा नआउँदै थन्कियो: बिरामी समस्यामा
अस्पतालमा रहेको सिकलसेल एनिमिया जाँच गराउने इलेक्ट्रोफोरसिस नामक उपकरण बिग्रिएपछि यसका बिरामीले १० महिनादेखि जाँच गराउन पाएका छैनन्। बिरामी अहिले निजी क्लिनकमा जाँच गराउन बाध्य रहेका छन्। अस्पताल प्रशासनले बिग्रिएको उपकरण मर्मतमा ध्यान दिएको छैन। मेसु डा अधिकारी र सम्बन्धित रोगका विशेषज्ञ डा राजन पाण्डेले अहिलेसम्म उपकरण मर्मत गर्नेतर्फ चासो नदेखाएका बिरामीको गुनासो छ।
निजी स्वास्थ्य सस्थामा रु एक हजार ५०० देखि रु दुई हजारसम्म शुल्क तिरेर जाँच गराउन बाध्य भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए। उपकरण बिग्रिएकाले सो रोग परीक्षण गराउन निःशुल्क सेवाबाट बिरामी वञ्चित भएका छन्। अस्पतालमा हप्तामा ६०-७० जना सिकलसेल जाँचका लागि आउने जनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अस्पताललाई प्रदान गरेको सो नामको दुईवटा उपकरण प्रयोगमा नआउँदै थन्किएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस