पोखरा-पर्यटक लिएर आउने ठूला सार्वजनिक सवारी साधन पोखराको भूगोल एवं साँघुरो बाटोका कारण सबै गन्तव्यमा पुग्न नसक्ने भन्दै पोखरा पर्यटन परिषद्ले यसलाई व्यवस्थित गर्न खोज्दा त्यसको भ्रामक प्रचार गरिएको पर्यटन व्यवसायीले गुनासो गरेका छन्।
पर्यटक बोकेर भित्रिएका ठूला सार्वजनिक सवारी साधन सबै गन्तव्यसम्म पुर्याउन खोज्दा साँघुरो बाटोका कारण ट्राफिक जाम बढेको, दुर्घटना बढ्नुका साथै महत्वपूर्ण गन्तव्य घुम्नै नपाई पर्यटक फर्किनुपरेको वास्तविकतामा परिषद्ले यसलाई व्यवस्थित गर्ने पहल शुरु गरेको थियो।
परिषद्ले गत पुस ९ गते ठूला सवारी साधनलाई पोखराका साँघुरा गन्तव्यमा नपठाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेकामा प्रशासनले जिल्लास्थित प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा सहयोग समन्वयका लागि पत्राचार गरेको थियो।
उक्त प्रयासलाई केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘भारतीय सवारी निषेध’ शीर्षकमा समाचार प्रकाशन गरेका कारण यसले पोखराको पर्यटनमा असर पुर्याएको याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।
“हामीले कोही-कसैलाई निषेध गर्न खोजेका होइनौँ, पोखरा आउने जोकोही पर्यटकको सुरक्षा तथा सुविधालाई लक्षित गरी यो कदम अघि बढाइएको हो”, उनले भने, “सबै गन्तव्यमा ठूला सवारी साधन पुग्नै नसक्ने अवस्थासमेतलाई दृष्टिगत गरी यो प्रयास गरिएको हो।” पर्यटकका लागि उनीहरूको सेवा तथा सुविधालाई लक्षित गरी व्यवस्थित गर्न खोजिनुलाई नकारात्मक रूपमा टिप्पणी गर्न नहुने उनले बताए। ठूला सवारी साधनको प्रयोगका कारण आएका धेरै पर्यटकले पोखराका सबै गन्तव्यमा पुग्न नसकेको र उनीहरूको बसाइसमेत छोटिने गरेको व्यवसायीको तर्क छ।
पोखरा पर्यटन परिषद्का पूर्वध्यक्ष केदारनाथ शर्माले पोखरा र आसपासमा ३३ पर्यटकीय गन्तव्य रहे पनि अत्यन्त सीमित गन्तव्यमा पर्यटकलाई पुर्याएर फर्कने गरिएको बताए। उनका अनुसार पछिल्ला समयमा पोखरा आएका पर्यटकलाई फेवाताल, डेभिडफल्स, विन्ध्यवासिनी मन्दिरजस्ता केही ठाउँमा मात्र पुर्याउने गरिएको छ। पोखराको पर्यटनलाई व्यवस्थित र सुरक्षित गराउन गरिएको प्रयासलाई नकारात्मक रूपमा प्रचार गर्दै कतिपय सञ्चारमाध्यमले ‘इन्डियन टुरिष्ट आर नट एलाउड इन पोखरा’ भन्नेसम्मका दुष्प्रचार गरिएको पश्चिमाञ्चल होटल सङ्घका सल्लाहकार एवं होटल व्यवसायी बच्चुराम तिवारीले बताए।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटीभिए)का अध्यक्ष बोबरजङ्ग गुरुङले पोखरा भित्रिने ठूला सवारी साधनलाई व्यवस्थापन गर्दै पर्यटकलाई हरेक गन्तव्यमा पुर्याउनुपर्ने आवश्यकता औँल्याए। नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले पोखरामा मात्रै वार्षिक झण्डै डेढ लाखदेखि दुई लाखसम्म भारतीय पर्यटक आउने गरेको जानकारी दिए। टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले पोखराको पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस