काठमाडाैं-कांग्रेस सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध उनकाे गृह जिल्ला डडेल्धुराका जिल्ला सभापति समेत लागेका छन्। सानेपामा भेला भएका ४३ जिल्ला सभापति मध्ये धेरैकाे चासाे डडेल्धुराका जिल्ला सभापति प्रति थियाे।
देउवाको निर्णयविरुद्ध पहिलो हस्ताक्षर मल्लले गरेका हुन् । उनी सानेपामा पनि सबैभन्दा पहिले पुग्ने जिल्ला सभापति समेत हुन्। । लामो समय देउवाको स्वकीय सचिव रहेका मल्ल यतिबेला देउवाविरुद्ध अग्रपंक्तिमा देखिन्छन् । मल्ल यतिबेला डा.शेखर कोइरालासँग नजिक देखिन्छन् । संस्थापनइतरका जिल्ला सभापतिहरूकाे भेला तिन दिन बसेर बुधबार सकिएकाे छ।
जिल्ला सभापतिहरुले पार्टीलाई विधि–विधानअनुसार चलाउन सुझाव दिएका छन् । उनीहरुले पार्टीभित्रको ६०–४० को भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले भागबन्डाको राजनीति अन्त्य गरेर पार्टीलाई विधानअनुसार अगाडि बढाउनुपर्ने बैठकको निष्कर्ष रहेको बताए ।
उनले भने, ‘विधानअनुसार निर्णय लिने अधिकार सभापतिमा निहित छ । त्यहीअनुसार सभापतिले पार्टीलाई चलाउनुपर्छ । अब सबैले ६०/४० को अवधारणालाई अन्त्य गरिनुपर्छ । सभापतिले पनि त्याग, तपस्या, बलिदानीको हिसाबमा सबैको मूल्याँकन गरी अवसर दिनुपर्छ ।’ भागबन्डाबका कारण बलिदानी दिने कार्यकर्ताको पछि परेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस