काठमाडौँ- संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएको समाचार आजको नागरिक दैनिकले छापेको छ |
समाचार अनुसार इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकविरुद्ध मिसाइल आक्रमण गरेपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको हो ।
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासकी डेपुटी चिप अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि यूएईका अधिकारी ‘अलर्ट’ अवस्थामा रहेको बताइन्।
‘अमेरिकी राष्ट्रपति र यूएईका विदेशमन्त्रीको पछिल्लो भनाइले योभन्दा खराब स्थिति नआउला कि भन्ने अपेक्षा गरेका छौं, ’ बुधबार धितालले भनिन्, ‘अवस्था बिग्रियो भने नेपालीलाई कसरी उद्धार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौं।’
हाल यूएई काठमाडौं सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उनको भनाइ छ।
अमेरिका–इरान द्वन्द्वको असर इरान, इराक हुँदै खाडी मुलुकमा पर्ने देखिएकाले त्यहाँ कार्यरत नेपलाी त्रसित बनेको कतारको दोहामा कार्यरत बागलुङ, बुर्तिवाङका रमेश घर्तीमगरले बताए। ‘अमेरिका र इरानबीच द्वन्द्व चर्किंदै गएपछि घरबाट पटकपटक कुनै समस्या परेको छ कि भनेर सोधपुछ भइरहेको छ,’ फोनमा उनले भने, ‘धेरैले सोधीखोजी गर्न थालेपछि यहाँका नेपाली त्रसित भएका छन्।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस