काठमाडौं-नेपालमा विभिन्न अपराध गरेको अभियोगमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई नेपालले देश निकाला गरेको छ ।
त्रिभुवन विमास्थल पुग्दा ती अपराधीले संचार माध्यम अघि अनुहार र मुख छोपेका थिए |
उनीहरु सवैलाई आज चीनबाट आएका विशेष विमान मार्फत चीन पठाइएको हो ।
काठमाडौंका बिभिन्न बृतमा राखिएका उनीहरुलाई आज कडा सुरक्षा घेराबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो । त्यसपछि चीनबाट आएका दुई वटा विमानमा राखेर उनीहरुलाई चीन पठाइएको हो ।
अध्यागमन विभागले उनीहरुलाई चार वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउँदै देश निकाला गर्ने निर्णय गरेको थियो ।
नेपालमा बसेर चीनमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा यही पुस ७ गते उनीहरु पक्राउ परेका थिए ।
पर्यटक भिसामा नेपाल आएका उनीहरु सवैसंग ट्राभल डकुमेन्ट समेत नरहेको खुलेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस